बिरामी बोकेर नेपालगन्ज आउँदै गरेको हेलिकप्टर खेतमा आकस्मिक अवतरण
  • काँचुली खबर

१६ साउन, सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर नेपालगनज आउँदै गरेको हेलिकप्टर सुर्खेतको लेकबेशीमा आकस्मिक अवतरण गरेको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि वीरेन्द्रनगर ल्याउन हेलिकप्टर गएको थियो ।

मौसम खराबीका कारण लेकबेशी नगरपालिका-६, रामघाटको पूर्वतर्फ धान रोपेको खेतमा केहीबेर आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हेलिकप्टर अवतरण गरेर बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पताल कालागाँउ लगिएको थियो ।

सुर्खेत प्रहरी प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माका अनुसार मौसममा सुधार आएपछि हेलिकप्टर सुर्खेत एयरपोर्टमा ल्याइएको छ ।

  • १६ श्रावण २०८१, बुधबार १५:४८ प्रकाशित
  • Nabintech