आफैले रोपेका विरुवा हुर्काउँदै बालज्योतिका विद्यार्थीहरु
  • काँचुली खबर

४ साउन, कोहलपुर । कोहलपुरको बाल ज्योति स्कुलका बालबालीकाहरु रैथाने तथा लोपउन्मुख प्रजातीका विरुवा हुर्काउन लागिपरेका छन । कोहलपुर नगरपालीका वडा नं. १२ मा रहेको सिर्जना सामुदायिक वनसँगको सहकार्यमा ‘बाल ज्योति स्कुल फिल्ड जिन बैंक’ अवधारणा अन्तर्गत गत वर्ष आफैले रोपेका बिरुवाको संरक्षणमा विद्यार्थीहरु क्रियाशिल भएका हुन ।

पछिल्लो समय विभिन्न संघसंस्था तथा समुहहरुले वर्षा लागेसंगै बृक्षारोपन कार्यक्रम गर्ने क्रम बढ्दै गएपनि त्यसरी रोपेका विरुवा संरक्षणमा उनीहरुको कुनै चासो नहुदा अर्को वर्ष सोहि ठाउमा पुन विरुवा लगाउदै गरेको हामीले देख्दै आएका छौं । तर कोहलपुर ११ मा रहेको बाल ज्योति स्कुलका विद्यार्थीहरुले गत वर्ष सिर्जना सामुदायिक वनमा आफैले रोपेका बिरुवाहरुको वेला वेला हेरविचार गर्नुका साथै गोडमेल र मलपानीको समेत ब्यवस्था गरिरहेका छन ।

उनीहरुले हुकिरहेका विरुवाको हुर्किने प्रक्रिया र फुल्दा-फल्दा सम्मको चक्र समेत अध्यन गर्ने गरी प्रयोगात्मक कक्षाका रुपमा सिर्जना सामुदायिक वनलाई नै रोजेर अर्को वर्षा लागेसंगै थप विरुवाहरु रोप्ने गरेका छन । गत वर्ष २ सय बढि रैथाने फलफुल तथा लोपोन्मुख वनस्पति रोपिएकोमा ९० प्रतिशत विरुवाहरु फष्टाएको बताउदै सिर्जना सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष सुमन पौडेलले फिल्ड जिन बैंक कार्यक्रमले विद्यार्थीहरुलाई ज्ञान आर्जन गर्ने थलो मात्र नभएर मानव र वन्यजन्तु विचको द्धन्द्ध न्युनिकरण गर्ने एक कोसेढुङ्गा भएको बताए ।

कक्षा ६ देखि १० सम्मका वालवालिकाहरुको प्रत्यक्ष संलग्नतामा बाल ज्योति स्कुलले गत वर्ष महुवा, कटहर, आँप, लिचि, अम्बा, कागति, हरलो, बरलो, रिठा अमला लगाएतका विरुवा रोप्दै संरक्षण गर्ने कार्य गरेकोमा यस वर्ष पनि सिर्जना सामुदायिक वन क्षेत्रको खालि क्षेत्रमा लोपउन्मुख र रैथाने वनस्पतिको संरक्षणमा अघि बढौं, स्वदेशी उत्पादन र मानव स्वास्थ्यको रक्षा गरौं भन्ने मुल नाराका साथ २ सय बढि विरुवा रोप्ने कार्य गरेको छ ।

सबै रैथाने र लोपउन्मुख विरुवा भएको जिकिर गर्दै विद्यालयका प्रिन्सिपल दामोदर पौडेलले विरुवा राप्ने मात्र नभई विरुवाको संरक्षण, प्रवद्र्धन र हुर्काउने बढाउने जिम्मा समेत विद्यालयले लिएको बताएका छन । उनले गत वर्ष रोपिएका विरुवाहरुको पहिचान सहितको जानकारी मुलक सुचना र ती विरुवालाई जिपिएस प्रबिधिबाट सुचना प्रवाह गर्ने विधि समेत तयारी गरिएको बताए । उनले विरुवामा अंकित कोडको माध्यमबाट उक्त विरुवाको सबै जानकारी प्राप्त हुने प्रविधिको विकास गर्दा बिरुवा लगाउने ब्यक्ति देखि उक्त विरुवाको सबै ईतीहास समेत सहजै प्राप्त गर्न सकिने भन्दै यस कार्यकालागि सामुदायिक जीन बैंक सञ्जाल र नेपाल कृषि अनुसन्धान परिषद (नार्क) संग समन्वय भईरहेको बताए ।

प्रिन्सिपल पौडेलले बिरुवाले वातावरणमा पार्ने प्रभावलाई मध्य नजर गर्दै १० वर्षभित्र बाल ज्योति फिल्ड जिन बैंक कार्यक्रम मार्फत ९ हजार बढि यस्ता विरुवाहरु लगाएर आफ्ना वालवालिकाहरुलाई प्रयोगात्मक अभ्याससँग जोडने विद्यालयको दिर्घकालिन सोच रहेको बताए । विरुवाका बैज्ञानीक नाम, जाती, प्रजाती, काण्ड, पातका साथै विरुवाले खाना बनाउने विधि विरुवाको काम र उपादेयताका बारेमा प्रत्यक्ष सिकाईने सिकाईले विद्यार्थीहरुमा थप निखारता आउने विश्वासकासाथ विद्यालयले सिर्जना बनसंगको सहकार्यमा लगानि गरिरहेको जिकिर गरे ।

ईलाका वन कार्यालय कोहलपुरको प्राविधिक सहयोगमा रोपिएका विरुवा संरक्षणका निम्ति ट्रीगार्ड विद्यालयले नै उपलब्ध गराउने गरी बिहिबार कक्षा ९ का ९० जना विद्यार्थीहरुले आ-आफ्नो नाममा विरुवा रोपेका छन ।

  • ४ श्रावण २०८१, शुक्रबार १६:४७ प्रकाशित
  • Nabintech