२६ असार, काेहलपुर । बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् ।
जिल्लाको राप्तिसोनारी गाउँपालिका-२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका ६ बजेर ३० मिनेटमा चट्याङ खस्दा गम्भीर घाइते भएकी तीन महिला मध्ये दुई महिलाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्याय रहेका छन्। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकि छन ।
उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते भएका तीनै जना महिलालाई प्रहरीले तत्काल उपचारका लागि कोहलपुर पुर्याएको थियो ।
२६ असार २०८१, बुधबार ०७:११ प्रकाशित