५ असार, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा विभिन्न अपराधसम्बन्धी एक सय ७२ मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न एक सय २७ जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
बाँके प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार गत जेठ महिनामा बाँके प्रहरीले विभिन्न अपराधसम्बन्धी एक सय ७२ वटा मुद्दा दर्ता गरेको हो भने विभिन्न मुद्दामा संलग्न एक सय २७ जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको हो ।
बाँके प्रहरीले जिल्ला प्रहरी कार्यालय त्यस मातहतका कार्यालयहरुबाट जेठ महिनाभरी गरिएका कार्य सम्पादनको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रेस नोट जारी गर्दै जेठ महिनामा भएका कार्य सम्पादनको विवरण सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार बाँके प्रहरीले अपराध नियन्त्रण र कारवाही तर्फ १ करोड १७ लाख ३१ हजार ८९० बराबरको अबैध भन्सार छलिको सामान, १ माईक्रो बस, १ बोलेरो गाडि, ७ वटा मोटरसाईकल नियन्त्रणमा लिई सम्बन्धित निकाय पठाईएको, नदिजन्य पदार्थको अबैध दोहनलाई नियन्त्रण गर्ने प्रयास स्वरुप जेठ महिनामा ५ वटा जेसीभी, ६ वटा टिप्पर आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाएर १ लाख ४५ हजार जरिवाना असुलउपर भएको, ट्राफिक कारवाही तर्फ १७१३ वटा सावरी साधनलाई कारवाही गरी १४ लाख ६१ हजार ५०० राजस्व संकलन भएको तथा सवारी धनि नखुलेका वषौंदेखि प्रहरी परिषरमा रहेका १२१ वटा मोटरसाईकल र स्कुटर लिलाम गरि ६ लाख १२ हजार राजस्व संकलन गरिएको जनाएको छ ।
प्रहरीले भन्सार छली प्रकरणमा सवारी साधन र सामान बरामद गरेपनि छलीमा संलग्नहरु र त्यसको जरासम्म भने पुग्ने प्रयास गरेको प्रतिवेदनमा उल्लेख गरेको छैन । करोडौंको भन्सार छलीको सामान बरामद हुँदा पनि छलीमा संलग्नहरुको पहिचान र अनुसनधानमा प्रहरीको चासो नहुनुलाई रहश्यका रुपमा हेरिएको छ ।
बाँके प्रहरीले अपराध अनुसन्धान र कारवाही तर्फ जेठ महिनामा १७२ वटा मुद्दा दर्ता भएकोमा १२७ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको, ६३ वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको, ठाडो उजुरी ४९९ वटा प्राप्त भएको ३५१ फर्छौट भएको र १५ वटा सम्बन्धित निकायमा पठाईएको तथा १३३ वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको, चोरी भएका ७ थान मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईएको, मोटरसाईकल चोरी गर्ने ४ जना मानिसहरुबाट ९ थान मोटरसाईकल सहित पक्राउ गरी कानूनी दायरामा ल्याईएको प्रेस नोटमा उल्लेख गरेको छ ।
महिला बालबालिका संग सम्बन्धित अपराध अनुसन्धान र कारवाही तर्फ ११ वटा मुद्दा दर्ता भएकोमा ३ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको, घरेलु हिंशा सम्बन्धि ६१ वटा उजुरी प्राप्त भएकोमा ३१ वटा फर्छौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा ९ वटा निबेदन प्राप्त भएकोमा ३ जना फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि बाँके प्रहरीले आचरण बिपरीत कार्य गर्ने १ जना प्रहरी कर्मचारीहरुलाई बिभागीय कारवाही गरीएको र २ प्रहरी कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाईएको समेत जनाएको छ ।
५ असार २०८१, बुधबार १५:०९ प्रकाशित