अत्याधिक गर्मीले बाटोमै ढलेका सुनारको मृत्यु
  • काँचुली खबर

२ असार, नेपालगन्ज । बाँकेमा अत्याधिक गर्मीका कारण एक जनाको मृत्यु भएको छ । बाँकेको खजुृराका सुन ब्यवसायीको गर्मीका कारण हृदयघात भएर आईतबार मृत्यु भएको हो ।

खजुरा बजारमा मेट्रो ज्वेलर्स संचालन गर्दै आएका टोपेन्द्र सुनार आज मध्यान्ह गर्मीका कारण बाटोमै ढलेका थिए । मोटरसाईकलमा घरबाट पसलतर्फ आइरहेका सुनारलाई रिंगटा लागेपछि मोटेरसाईकल रोकेर सडक किनारमा बेहोस भएका थिए ।

खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्दार गरी अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मध्य दिउँसो मोटरसाइकल लिएर सडकमा निस्केका सुनार गर्मीकै कारण चक्कर लागेर सडक किनारमा बेहोस भएको स्थानीयले बताएका छन् ।

प्रहरीले मृतक सुनार मृगी रोगको बिरामी रहेको जनाएको छ ।

  • २ असार २०८१, आईतवार १५:४८ प्रकाशित
  • Nabintech