लुम्बिनीको उर्जा तथा सिँचाइ मन्त्रीमा नमुना नियुक्त
  • काँचुली खबर

२१ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारमा १२औं मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छन् । यसअघि १० वटा मन्त्रालय रहेकामा भागबण्डा मिलाउन सरकारले मन्त्रालय संख्या १२ पुर्‍याएको थियो ।

सोमबार मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । केसी नेकपा माओवादी केन्द्रबाट बाँके निर्वाचन क्षेत्र नं. १ को ९१० बाट निर्वाचित भएकी हुन् ।

२३ चैतमा मुख्यमन्त्री नियुक्त महराले १२ वैशाखमा मन्त्रिपरिषद विस्तार गर्दा ऊर्जा मन्त्रालय आफैंसँग राखेका थिए । नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १-१ मन्त्री छन् । एक जना स्वतन्त्र सांसद पनि मन्त्री भएका छन् ।

८७ सदस्यीय प्रदेश सभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ । यस डिल्ली चौधरीको पालामा मन्त्रालय संख्या ९ वटा थियो ।

  • २१ जेष्ठ २०८१, सोमबार १८:०३ प्रकाशित
  • Nabintech