बैंकिङ कसुरमा ब्यवसायी देवानन्द अर्याल पक्राउ
  • काँचुली खबर

८ जेठ, कोहलपुर । बाँकेका होटेल ब्यवसायी देवानन्द अर्याललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई एक करोड बढि चेक अनादर गरेको बैंकिंग कसुरमा पक्राउ गरिएको हो ।

अर्यालले कोहलपुरमा हाम्रो बजार संचालनमा ल्याएका थिए । हाम्रो बजार स्थापनार्थ कनौडिया परिवारसँग जग्गा लिएका अर्यालले जग्गा किनबेच बापत चेक दिएकोमा उक्त चेक पटक पटक बाउन्स भई नसाटिए पछि उनी पक्राउ परेका हुन ।

कोहलपुरको पहिलो तारे होटेलका मालिक समेत रहेका देवानन्द अर्यालले पछिल्लो समय बर्दियामा सेन्टर प्लाजा जंगल रिर्सोट सञ्चचालन गर्दै आएका थिए ।

कनौडियासँग लिएको दश विगाहको उक्त जग्गा पनि देवानन्दले बिक्रि गरिसकेको र सो वापत प्राप्त रकम समेत कनौडियालाई भुक्तानि नदिएपछि उनी पक्राउ परेका हुन ।

अर्याल पछिल्लो समय दुर्गा प्रसाईको बैंकलाई पैंसा नर्तिने अभियानमा देखिंदै आएका थिए ।

  • ८ जेष्ठ २०८१, मंगलवार १४:०९ प्रकाशित
  • Nabintech