नेकपा (एमाले) बाँके अध्यक्षमा निरक गुरूङ बिजयी
  • काँचुली खबर

७ जेठ, नेपालगन्ज । नेकपा (एमाले) बाँकेको अध्यक्ष पदमा निरक गुरूङ बिजयी भएका छन । एमाले बाँकेकाे नयाँ नेतृत्वकालागी आइतबार भएकाे निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी डिल्ली बिसीलाई फराकिलाे मतअन्तरले पराजित गर्दै गुरूङ बिजयी भएका हुन ।

वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष पदकालागी गुरूङ र बिसीबिच प्रतिस्पर्धा भएकाे थियाे । निर्वाचनमा गुरूङले २९१ मत पाएका छन भने बिसीले १५४ मत पाएका छन ।

यसैगरी उपाध्यक्ष पदमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका रत्न खत्री बिजयी भएका छन । खत्रीले ३१३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी रबिन्द्र लम्सालले १३२ मत पाएका छन । उपाध्यक्ष पदमा उम्मेदवारी दिएका इन्द्रबहादुर थापा र सुमनकुमार मल्लले उम्मेदवारी फिर्ता लिएका थिए ।

सचिव पदमा १४० मतका साथ बलराम भट्टराई निर्वाचित भएका छन । सचिव पदमा उम्मेदवारी दिएका खिलप्रसाद भुसाल (११७), दत्तप्रसाद आचार्य (८८) र भीम ओली (९५)लाई हराउँदै भट्टराई बिजयी भएका हुन ।

त्यसैगरी उपसचिव पदमा किसोर थापा निर्वाचित भएका छन । थापाले २६२ मत प्राप्त गर्दा दिपक बर्माले ११९ मत प्राप्त गरेका छन ।
बाँके एमालेको नयाँ नेतृत्व छनौटका लागि ४ सय ६८ जना प्रतिनिधिले मतदान गरेका थिए ।

जेठ ४ गतेदेखि सुरु भएको एमाले बाँकेको जिल्ला अधिवेशनको उदघाटन एमालेका महासचिव शङ्कर पोखरेलले गरेका थिए । सर्वसम्मतको प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरीएकाे निर्वाचन मण्डलका सदस्य एमाले केन्द्रीय सदस्य मो. हारुनले बताए ।

  • ७ जेष्ठ २०८१, सोमबार ०९:११ प्रकाशित
  • Nabintech