५ जेठ, नेपालगन्ज । नेपाल-भारत जमुनाहा सिमानाका दुई दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही जेठ ७ गते हुने लोकसभा निर्वाचनका लागि सिमानाका शनिबार रातिदेखि दुई दिनका लागि बन्द गरिएको हो ।
खुला सिमानाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले शनिबार राति १०:३० बजेबाट दुई दिनका लागि सिमानाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
नाका जेठ ७ गते साँझ ५ बजेसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सुचनामा उल्लेख गरीएकाे छ ।
५ जेष्ठ २०८१, शनिबार १६:०६ प्रकाशित