कोहलपुरमा लुम्बिनी प्रदेशभरका रोजगार संयोजक भेला
  • काँचुली खबर

४ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा शुक्रबारदेखी रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश स्तरीय उक्त तालिमको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरेका छन ।

तालिमको उद्घाटन गर्दै मन्त्री अर्यालले श्रम तथा वैदेशिक रोजगार सम्बन्धी जानकारीलाई व्यापक बनाउन आग्रह गरेका छन । रोजगार संयोजक भनेको सुचनाको संवाह भएको उल्लेख गर्दै मन्त्री अर्यालले गाउँ गाउँमा सही सुचना दिएर ठगिनबाट जोगाउन र स्वरोजगार हुनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।

“तपाईहरुको उपस्थित अत्यन्तै महत्वपूर्ण छ । हामीले यस कार्यक्रमको ढाँचा परिवर्तन गरी तपाईहरुलाई अझै जिम्मेवार बनाउन खोजेका छौ । आफनो जिम्मेवारीलाई इमान्दारीतका साथ पुरा गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु,” उनले भने । त्यस्तै, चार दिनसम्म सञ्चालन हुने तालिमको सफलताको पनि कामना गरे ।

श्रम मन्त्रालय अन्र्तगतको प्रधानमन्त्री रोजगार कार्यक्रमले शुक्रबार देखि लुम्बिनी प्रदेशका रोजगार संयोजकका लागि प्रशिक्षण तालिम शुरु गरेको हो । अन्तराष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा मन्त्रालयले तालिमको आयोजना गरेको हो ।

तालिममा लुम्बिनी प्रदेशका २०४ जना रोजगार संयोजकको सहभागीता रहेको छ । तालिम सात गतेसम्म सञ्चालन हुनेछ ।

  • ४ जेष्ठ २०८१, शुक्रबार १६:१६ प्रकाशित
  • Nabintech