३१ बैशाख, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख श्रवण कुमार पोखरेल अहिले चर्चाको विषय बनेका छन । जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक एकाण्टमा २८ बुँदे सफलताको कथा लेख्दै जिम्मेवारीबाट बिदा भएको स्टाटस लेखेर अचानक गायव भएपछि सिडियो पोखरेलप्रति चासो चुलिएको हो ।
सरुवा भएर आएकै दिनबाट फेसबुकमा छाएका बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जाने बेलामा भने सुटुक्क बाँके छाडेका छन् । बिदा र काज स्वीकृत नगराई बाँके छाडेका उनले छाडेको एकसाता पछि गृह मन्त्रालयको जिम्मेवारी छाडेको जिल्ला प्रशासनकै फेसबुकबाट जानकारी दिएका छन् ।
स्रोतका अनुसार उनले बाँके छाडेर जाँदा न त बिदा स्वीकृत गराएका छन्, न त काज नै लिएका छन् । एकाएक काठमाडौं पुगेका उनले मन्त्रालय पुगेर गृह मन्त्रालयबाट अन्यत्र सारिदिन आग्रह गरेको स्रोतको दाबी छ ।
यता गृह मन्त्रालय छाडेको जानकारी गराउँदै उनले आफ्नो कार्यकालमा गरेको २८ बुँदे सफलताका कथाहरुलाई सहित फेसबुकमा हालेको सामाग्री पोष्ट गरेको २ घण्टामा हटेको छ ।
प्रहरी प्रमुख सुवासचन्द्र बोहराले मिडीयाकर्मीसँग द्वन्द्व चर्काएर बाँके छाडेको महिना दिन नबित्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले पनि एकाएक बाँके छाड्नुलाई रहश्यकासाथ हेरिएको छ ।
गृह मन्त्रालयले निकट भविश्यमा ५१ जना प्रजिअको सरुवा निकाल्ने तयारी गरेको र अनुकुल वातावरण बनाउन पोखेरल काठमाडौं पुगेको उनी निकट स्रोतको दाबी छ ।
३१ बैशाख २०८१, सोमबार १५:४० प्रकाशित