मैटहवा दुर्घटना : सवारी चालकको गोजीमा ‘डेट एक्सपाएर’ लाईसेन्स
  • काँचुली खबर

२२ चैत्र, कोहलपुर । नगरपालिका वडा नं. ३ मैटहवामा वर्ष ६८ का चन्द्रेश्वर चालिसेलाई ठक्कर दिने बस चालकको अनुमति पत्रको म्याद गुज्रेको पाइएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५७५३ नम्बरको बसले बुधबार अपरान्ह ५ः३० बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवामा ठक्कर दिदाँ साइकल यात्री अन्दाजी ६८ वर्षीय चन्द्रश्वर चालिसेको मृत्यु भएको थियो ।

गम्भिर घाइते भएका कोहलपुर ३ निवासी चालिसेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रमममा मृत्यु भएको थियो । ठक्कर दिए लगत्तै फरार भएका चालक बर्दिया ठाकुरद्धारा निवासी पृथ्बी बुढालाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका बुढाको चालक अनुमति पत्र चेकजाँच गर्दा नविकरण म्याद गुज्रेको (डेट एक्सपाएर) पाइएको हो । सन् २००८ सेप्टेम्बर २२ मा जारी भएको अनुमति पत्रको म्याद सन् २०२३ सेप्टेम्बर १९ मा सकिएको छ । चालक बुढाले ६ महिनाअघि देखी म्याद गुज्रेको अनुमति पत्र बोकेर कानुन विपरित सवारी साधन चलाइरहेको पाइएको प्रहरीले जनाएको छ ।

नविकरण म्याद गुज्रेको चालक अनुमति पत्र बोकेका बुढाले आफ्नो साइडमा हिडिरहेका साइकल यात्री चालिसेलाई ठक्कर दिएको प्रत्यक्षदर्शी बताउँछन् । अुनमति पत्रको नविकरण म्याद गुज्रेका कारण बुढालाई कडा कानुनी कारबाही गरिनुपर्ने परिवार तथा आफन्तको माग छ ।

  • २२ चैत्र २०८०, बिहीबार १३:५७ प्रकाशित
  • Nabintech