५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट ९भेप० मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
महरालाई रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौं ल्याइँदै छ । उनलाई बिहान १० बजेर २७ मिनेटमा एती एयरलाइन्सको उडान नम्बर वाईटी-८९२ बाट काठमाडौं ल्याउन लागिएको हो ।
५ चैत्र २०८०, सोमबार ११:२६ प्रकाशित