३१ बैशाख २०८१, सोमबार
जैविक विविधता संरक्षणमा बालज्योतीको प्रयास
  • काँचुली खबर

२८ फागुन, कोहलपुर । पछिल्लो समय बाँकेका केही विद्यालयहरु जैविक विबिधता संरक्षणमा जुटेका छन । निजि र सामुदायीक स्तरबाट संचालित केही विद्यालयहरुले जैविक विबिधता संरक्षणकालागी सकारात्मक प्रयास थालेका हुन ।

जसमध्ये बाँकेको कोहलपुरमा रहेको बाल ज्योती सेकेण्डरी स्कुलले आफ्ना वालवालिकाहरुलाई प्रयोगात्मक अभ्याससँग जोड्दै जैविक विबिधता संरक्षणमा योगदान गर्दै आएको छ । कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको सिर्जना सामुदायीक वनसँगको सहकार्यमा विद्यालयले ‘बालज्योति फिल्ड जिन बैंक’ मार्फत जैविक बिबिधता संरक्षण गर्दै पर्यावरण संरक्षणमा टेवा पुर्याउदै आएको छ ।

‘बालज्योती फिल्ड जिन बैंक’ मार्फत विद्यालयका विद्यार्थीहरुद्धारा सिर्जना सामुदायिक वनमा रोपिएका बिरुवाहरुको आइतबार विद्यार्थीहरुले नै गोडमेल गरेका छन ।

स्वच्छ र सुन्दर वातावरण अनि विद्यार्थीहरुलाई रैथाने बिरुवा र फलफुलकोबारे जानकारी दिनको लागि फिल्ड जिन बैंकको सुरुवात गरिएको बालज्योति सेकेन्डरी स्कुलका प्रीन्सिपल दामोदर पौडेल बताउछन । उनले विरुवा रोप्दा देखि फल्दा सम्मका सबै प्रक्रियाहरुलाई विद्यार्थी आफैले अवलोकन गर्ने गरी शुरु गरिएको बालज्योती फिल्ड जिन बैंकले बोटविरुवाको महत्व, संरक्षण बैज्ञानिक अनुसन्धान तथा रोप्ने तरिकाबारे विद्यार्थीहरुलाई जानकारी गराउने उद्धेश्यले विद्यालयमा उक्र कार्यक्रमलाई लागु गरीएको पौडेलले बताए ।

सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले स्कुलले थालेको फिल्ड जिन बैंकको अवधारणा निकै सान्दर्भिक भएको हुँदा सामुदायिक वनले खालि ठाउँमा बैंक संचालन गर्न दिएको बताए ।

बिरुवा गोडमेलमा सामेल भएका विद्यार्थीहरुले अरुले उत्पादन र तयार गरेका फलफुल बजारबाट किनेर खाँदै आएको भएपनि यसरी प्रत्यक्ष रुपमा फलफुलका बिरुवा चिन्ने र आफैले हुर्काउने अबसर पाउदा खुसी लागेको प्रतिक्रिया दिए ।

विद्यार्थीहरुलाई रैथाने बिरुवा बारे जानकारी दिनुका साथै वातावरण र रुख बिरुवाप्रतिको महत्व बुझाउन विद्यालयले सामुदायिक बनको क्षेत्रमा आँप तथा लिचिका विरुवाहरु लगाउदै बाल ज्योती फिल्ड जिन बैंकको शुरुवात गरिएको विद्यालयकी संचालक लक्ष्मी सुवेदीले बताईन । बिरुवा नै नचिनेका विद्यार्थीहरुलाई यसरी फिल्डमै लगेर उनिहरुलाई अभ्यास गराउदा व्यवहारिक र सिपमुलक हुने हुँदा फिल्ड जिन बैंकको सुरुवात गरिएको सुवेदीको भनाई छ ।

बिद्यालयका शिक्षक, बिद्यार्थी सामुदायिक वनका उपभोक्ता सहित आईतबार बाल ज्योती फिल्ड जिन बैंकमा सहभागी वालवालिकाहरुले रैथाने तथा बहुमुल्य प्रजातीका ८० बिरुवाको गोडमेल गरेका छन । ‘एक विद्यार्थी एक विरुवा’ हुर्काउने जिम्मा दिईएको भन्दै विद्यालयका प्रिन्सिपल पौडेलले हुर्किएका विरुवाका फलहरुले जंगली जनावर र चराहरुलाई समेत आहारा हुने र बाँदर गाउ पसेर बालिनाली नष्ट गर्नबाट समेत रोक्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

ईलाका वन कार्यालय कोहलपुरको प्राविधिक सहयोग र कृषि अनुसन्धान परिषद नार्कको संरक्षकत्वमा सञ्चालित बाल ज्योती फिल्ड जिन बैंकमार्फत सिर्जना सामुदायिक वन क्षेत्र भित्र बिभिन्न जडिबुटी समेत लगाईएको बताउादै सामुदायीक बनका अध्यक्ष पौडेलले त्यसको संरक्षणमा बाल ज्योती स्कुलले देखाएको सक्रियताको प्रशंसा गरेका छन ।

नेपालमा विभिन्न ६ प्रकारका जिन बैंकहरुको संरक्षण र प्रर्बद्धन गर्दै आईएकोमा किट जन्य जिन बैंकको संरक्षणमा गोरखा युनाईटेड पबिलक स्कुल र गाभर होम स्टेले योगदान गर्दै आएको छ ।

  • २८ फाल्गुन २०८०, सोमबार १४:४४ प्रकाशित
  • Nabintech