बाँकेको गाभरमा घोङ्ही खाने प्रतियोगिता
  • काँचुली खबर

२० फागुन, नेपालगञ्ज । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको गाभरमा घोङ्ही खाने प्रतियोगिता हुने भएको छ ।

नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङ्हीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो ।

घरबास ९होमस्टे० सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङ्ही खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए ।

उनले प्रतियोगितामा चार मिनेटमा एक किलो घोङ्ही खानुपर्ने प्रावधान राखिएको बताए । दुई सय पाँचजना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोङ्ही खपत हुने बताइएको छ । ‘हामीले घोङ्ही कसरी खाएको भन्ने विषयमा मूल्याङ्कन गर्न टिम बनाएका छौँ’, उनले भने ।

महासचिव चौधरीले होमस्टे पनि युवाहरूका लागि अध्ययनको विषय भएको उल्लेख गर्दै यसलाई संस्कार, संस्कृति र पर्यटनसँग जोड्न खोजिएको बताए ।

होमस्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको जनाउँदै उनले युवाहरूले हेरेर पनि सीप सिक्न सक्ने उल्लेख गरे ।

आइतबारदेखि तीन दिनसम्म गाभर हामेस्टेमा सञ्चालन हुने सो सम्मेलनमा रैथाने एवं परम्परागत खानाका परिकारको प्रदर्शनी, रैथाने खाद्यान्न बीउको प्रदर्शनी, जीन बैंक अवलोकन तथा अध्ययनको विषयलाई पनि प्राथमिकता दिइएको छ ।

नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाँले सम्मेलनलाई पर्यटन र संस्कृतिसँग जोड्न खोजिएको उल्लेख गर्दै सम्मेलनमा करिब रु। आठ लाख ५० हजार खर्च हुने बताए । रासस

  • २० फाल्गुन २०८०, आईतवार १३:४७ प्रकाशित
  • Nabintech