उत्कृष्ट लयमा नेपाल, पावर प्लेमै अफगानिस्तानको ५ विकेट पतन
  • काँचुली खबर

१२ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ को अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई दबाबमा राख्न सफल भएको छ । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग ड्रिम सुरुवात गरेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले सुरुवाती १० ओभर (पावर प्ले) मा ५ विकेट गुमाएको छ ।

आकाश चन्दले ४.२ ओभरमा ८ रन खर्चेर ८ विकेट लिएका छन् । गुलशन झा ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिएका छन् ।

नेपाललाई तीव्र गतिका बलर गुलशन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे । उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

त्यसपछि आकाश चन्दले थप दुई विकेट लिँदै अफगानिस्तानलाई संकटमा पुर्याएका छन् । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । त्यसपछि आकाश चन्दले सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४(५ को दयनीय अवस्थामा पुर्‍याएका छन् ।

  • १२ माघ २०८०, शुक्रबार १४:५७ प्रकाशित
  • Nabintech