बाँकेबाट २०० किलोमिटर पैदल यात्रा गरेर अयोध्या पुगे अर्जुन
  • काँचुली खबर

८ माघ, नेपालगन्ज । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनमा सहभागी हुन बाँकेका एक युवा पैदल यात्रा गरेर अयोध्या पुगेका छन । आज सम्पन्न भएको प्राण प्रतिष्ठाका लागि बाँकेका अर्जुन प्रजापति २०० किलोमिटरको पैदल यात्रा गरेर अयोध्या पुगेका हुन।

१५ जनवरीमा उनले आफ्नो पैदल यात्रा सुरु गरेका थिए । राम मन्दिरको उद्घाटनका दिन भगवान रामको दर्शन र पूजामा सहभागी हुन उनी पैदल यात्रा गरेर अयोध्या पुगेको बीबीसीले जनाएको छ ।

नवनिर्मित भगवान रामको मन्दिरमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्राण प्रतिष्ठाको कार्यक्रम सम्पन्न भएको छ ।

  • ८ माघ २०८०, सोमबार १७:०८ प्रकाशित
  • Nabintech