१७ पुस, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेले पार्टिद्वारा संचालित ४ महिने अभियानकाे समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ ।
“घरघरमा माओवादी जनजनमा माओवादी, जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान” अन्तरगत अभियानको अन्त्यमा समीक्षा बैठक गरिएको हो ।
समीक्षा बैठकमा बोल्दै माओवादी केन्द्रका स्थाई समिति सदस्य एवं अभियानका बाँके संयोजक कुल प्रसाद केसी सोनामले जिल्लाको समस्या र समाधान बारे नयाँ संश्लेषण भएको बताए । उनले सोही आधारमा पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनका लागी पार्टी केन्द्रलाई सुझाव पेश गर्ने समेत बताए ।
कार्यक्रममा स्थाई समिति सदस्य पूर्ण कुमारी सुवेदी, थारू नेता सन्तकुमार थारू, महिला नेतृ दामा शर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारू कबीर लगायत जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
जिल्ला संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डिल्ली बरालले गरेका थिए । संयोजक पाण्डेले अभियानले पार्टी चलाएमान बनेको भन्दै अभियानमा सक्रियताको आधारमा कार्यकर्ताको मूल्यांकन समेत गरीने बताए ।
१७ पुष २०८०, मंगलवार २१:३० प्रकाशित