१६ पुस, काठमाडौं । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए ।
१६ पुष २०८०, सोमबार ०९:०५ प्रकाशित