निकुञ्जको मध्यवर्ती क्षेत्रमा सकेट बम भेटीयो
  • काँचुली खबर

१२ पुष, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका-२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ ।

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ । निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले सकेट फेला पारेको हो । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारिरहेको बताइएको छ ।

रासस

  • १२ पुष २०८०, बिहीबार १५:१३ प्रकाशित
  • Nabintech