माओवादि केन्द्र बाँकेकाे स्कुलिङ कार्यक्रम आज सकिदै
  • काँचुली खबर

९ मंसिर, काेहलपुर । नेकपा माओवादी केन्द्रले बाँकेले शुक्रबारदेखि सुरू गरेकाे जिल्ला स्तरीय अगुवा कार्यकर्ताको स्कुलिङ कार्यक्रमकाे आज समापन हुने भएकाे छ ।

पार्टीका अगुवा नेता कार्यकताहरुलाई पार्टी नीति सिद्धान्त, बिचार र कार्यदिशाका बारेमा अध्ययन तथा प्रशिक्षित गराउन दुई दिने स्कुलिङ कार्यक्रम सुरु गरिएको माओवादी केन्द्र बाँके संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।

राप्तीसाेनारी गाउँपालिकाको वडा नम्बर ६ मा आवासिय सुविधा सहित भईरहेकाे दुई दिने स्कुलिङमा जिल्ला भित्र रहेका पार्टिका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, सवै समितिका पदाधिकारी, गाउँपालिका पार्टी समितिका सदस्य तथा पदाधिकारी, जिल्ला भित्रका प्रदेश समितिका सदस्यहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा पहिलो दिन पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले दर्शन शास्त्र, शशिराम कार्कीले दर्शन शास्त्र, पार्टी स्थाइ कमिटी सदस्य महेश्वर गहतराज (अथक) ले संगठानात्मक सिद्धान्त, जगप्रशाद शर्मा (अपार) ले राजनीति अर्थशास्त्र विश्व कम्युनिष्ट आन्दोलनको इतिहास बारेमा प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।

माओवादी केन्द्रले गत भदौ महिना देखि जनजनमा माओवादी घरघरमा माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत विभिन्न गतिबिधिहरु संचालन गर्दै आईरहेको छ ।

  • ९ मंसिर २०८०, शनिबार ०८:१३ प्रकाशित
  • Nabintech