खेलमा फर्किए दिपेन्द्र, आज युएई बिरूद्द खेल्दै
  • काँचुली खबर

१७ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले सेमिफाइनलमा पुनरागमन गरेका छन् । उनी सन्दिप जोराको स्थानमा प्लेइङ ११ मा परेका हुन् ।

पहिलो खेलमा सिंगापुर विरुद्ध प्लेइङ ११ मा रहेका दीपेन्द्र खेलअघि वार्मअपका क्रममा घाइते भएपछि तीनवटै खेल गुमाएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

दीपेन्द्रको एंकलमा चोट लागेको थियो । उनले यो प्रतियोगिता सबै गुमाउने सम्भावना थियो । तर बिहीबार ओमान विरुद्धको खेलअघि उनी मैदानमा आएका थिए र नेटमा प्राक्टिस पनि गरेका थिए ।

उनको अनुपस्थितिमा अलराउण्डर विवेक यादवले समूह चरणमा तीनवटै खेल खेलेका थिए ।

विवेकले ओमान विरुद्ध समूहको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ३९ रन बनाएका थिए । १४६ रनको लक्ष्य पछ्याउँदा अन्तिम ओभरमा जितका लागि नेपाललाई २६ रन चाहिएको बेला विवेकले बिलाल खानलाई सुरुको तीन बलमा लगातार छक्का हानेर नेपाललाई जित नजिक पुर्याएका थिए तर उनले खेल फिनिस भने गर्न सकेनन् ।

  • १७ कार्तिक २०८०, शुक्रबार १०:५० प्रकाशित
  • Nabintech