फाईल तस्बिर ।
२३ असोज, कोहलपुर । नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर मंगलबारदेखि कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन्।
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा लगाएको थियो।
गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो।
२३ आश्विन २०८०, मंगलवार १३:३० प्रकाशित