२१ असोज, कोहलपुर । चाडबाडको समयमा यात्रुलाई हुने समस्या तथा सास्तीलाई कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले तीन स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ ।
दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी बाँकेको नेपालगन्ज बसपार्क, जमुनाहा भन्सार नाका र कोहलपुर बसपार्क गरी तीन स्थानमा आइतबारदेखि ‘यात्रु सहायता कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्वहरूमा यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई मध्येनजर गर्दै चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।
नेपालगन्ज भारतसँग जोडिएको हुँदा र नेपालगन्जको जमुनाहा नाका भएर लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशसम्मका हजारौँ सर्वसाधारण नागरिकले यो नाकाबाट आवतजावत गर्ने हुँदा उनीहरूको सुरक्षालाई ध्यान दिँदै यात्रु सहायता कक्ष सञ्चालन गरिएको उनले बताए ।
चाडबाडका बेलामा बसपार्कमा धेरै सङ्ख्यामा यात्रुहरू आवतजावत गर्ने, सवारी साधनको चाप बढ्ने, टिकट काउन्टरमा यात्रुको भिडभाड बढ्ने, बढी भाडा लिने जस्ता क्रियाकलाप हुने तथा यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन र नागरिकको पिरमर्कालाई तत्कालै सुनुवाइ गरी समस्या समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिएको उनले बताए ।
२१ आश्विन २०८०, आईतवार १६:०९ प्रकाशित