सबै पक्षलाई संयमित हुन माओवादी केन्द्र बाँकेको अपिल
  • काँचुली खबर

१६ असोज, कोहलपुर । नेकपा माओवादी केन्द्र बाँकेले धार्मिक तथा सामाजिक सहिष्णुताकालागी संयमित हुन सबैलाई आग्रह गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र बाँकेले एक अर्काको धार्मिक आस्थामाथी उच्च सम्मान गर्दै समस्या समाधाकालागी संयमित हुन सबै पक्षलाई अपिल गरेको हो ।

पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्स र सचिव डिल्ली प्रसाद बरालद्धारा जारी गरीएको उक्त विज्ञप्तीमा संविधान र धर्म निरपेक्ष राज्यको मर्म बिपरीत द्धन्द्ध निम्त्याएर सिङ्गो बाँकेवासीमा अस्थीरता फैलाउन खोज्ने समाज बिरोध तत्वका बिरुद्धमा सबै नेपाली एकतावद्ध हुनुपर्ने बताईएको छ ।

साथै पछिल्लो विषम परिस्थीतीमा आपसी बलियो सामाजिक सद्भाव कायम राख्दै सजक र सचेत हुन समेत आग्रह गरीएको छ ।

  • १६ आश्विन २०८०, मंगलवार १९:२३ प्रकाशित
  • Nabintech