धर्मगुरुहरु सहित नेपालगन्जमा निकालियो सद्भाव र्‍याली
  • काँचुली खबर

१६ असोज, नेपालगन्ज । शान्ति र सद्भावको अपिल सहित नेपालगन्जमा मङ्गलबार बिहान सद्भाव र्‍यालीको आयोजना गरिएको छ ।

नेपालगन्जको बिपी चोकबाट सुरु भएको र्‍यालीमा धर्मगुरुहरू, राजनीतिक दल, नागरिक समाज, पेसाकर्मी, राष्ट्रसेवक कर्मचारी लगायतको सहभागिता रहेको थियो । धम्बोझी चोकमा आयोजित सद्भाव सभामा हिन्दु धर्मगुरु चन्द्रनाथ योगीले नेपालगन्जमा अहिले पनि शान्ति र सद्भाव रहेको भन्दै कोही पनि विचलित हुने गरी गलत क्रियाकलापमा सहभागी नहुन आग्रह गरे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बागेश्वरी मन्दिरका मूल महन्त समेत रहेका योगीले भने, ‘ शान्ति र सद्भावमा नमुना भएका कारण केही गलत व्यक्तिका आँखा लागेका छन्, सबै जना सचेत होऔँ ।’ उनले कोही पनि अराजक बन्न नहुने भन्दै सामाजिक सद्भावको पक्षमा एकजुट हुन आग्रह गरे । हिन्दु समुदायले उठाएका मागहरू कानुन अनुसार कारबाहीको प्रक्रियामा नगए आफू पनि आन्दोलनमा सहभागी हुने भन्दै कानुन अनुसार अघि बढ्न सुझाव दिए ।

मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीले नेपालगन्जले देश विदेशमा शान्ति र सद्भावको सन्देश दिइएको भन्दै सम्पूर्ण नगरवासी सचेत भई एकजुट हुनुपर्ने बताए । शारीरिक अस्वस्थताका बावदुत पनि लाठी टेक्दै हिन्दु धर्मगुरु योगीको हात समाउँदै र्‍यालीमा मञ्जरीले भने, ‘ द्वन्द्व हामी कसैको हित हुँदैन, सद्भाव बलियो बनाउन सबै जना लागौँ ।’

नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा मङ्गलबार आयोजना गरिएको बन्द फिर्ता भएको जानकारी दिदैं कानुन अनुसार गलत गतिविधि गर्नेलाई कार बाईँको दायरामा ल्याउन माग गरे । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कानुन उल्लङ्घन गर्ने जो काहीँ पनि तत्काल कारबाहीको दायरामा आउने बताए ।

सामाजिक सञ्जालमा धर्म, समुदाय विरुद्ध अभिव्यक्ति दिइएको भन्दै आइतबार नेपालगन्जमा एकाएक प्रदर्शन भएपछि त्यसको प्रतिक्रिया स्वरूप नेपालगन्जमा मङ्गलबार बन्दको आह्वान गरिएपछि सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णय अनुसार सद्भाव र्‍याली निकालिएको हो ।

  • १६ आश्विन २०८०, मंगलवार १२:५५ प्रकाशित
  • Nabintech