नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेकाे अध्यक्षमा गाैतम चयन
  • काँचुली खबर

९ असाेज, काेहलपुर । नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । मंगलवार कोहलपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मञ्चको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न गरिएको हो ।

तेस्रो अधिवेशनले राधा गौतमको नेतृत्वमा  १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा राधा गौतम, वरिष्ठ उपाध्यक्षमा मेघराज अधिकारी, उपाध्यक्षमा ढक बहादुर थारु, महासचिवमा लक्ष्य बहादुर बि.क., कोषाध्यक्षमा योगेश पौडेल, सचिवमा अमृत ढकाल र सह कोषाध्यक्षमा मेघराज सुनार चयन भएका छन । यस्तै सदस्यहरुमा शान्ती पुन मगर, मोहन आचार्य, प्रेम गौतम, सुशिला बि.क., श्रिधर घिमिरे, ईमरान र दिलकुमारी चौधरी चयन भएका छन । एक जना सदस्य पछि मनोनित गर्ने मञ्चले जनाएको छ ।

नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेका अध्यक्ष तिलक सिंह कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अथिती संघिय साँसद सुर्य ढकाल, विशेष अथीति घरवहाल सरोकार महाँसंघका केन्द्रीय अध्यक्ष बलभद्र खनाल, कोहलपुर नगर उपमेयर संगीता सुवेदी लगायत उद्योग बाणिज्य संघ नेपालगंज र कोहलपुरका प्रतिनिधि सहित राजनितिक दलका प्रतिनिधिहरुले संस्थाको प्रशंसा गर्दै शुभुकामना मन्तब्य राखेका थिए ।

अधिवेशनका अवसरमा संस्थाले ९ बुँदे आगामी योजना समेत सार्वजनिक गरेको थियो ।

  • ९ आश्विन २०८०, मंगलवार २१:२३ प्रकाशित
  • Nabintech