निलसागर सेवा केन्द्रलाई खाद्यान्न सहयाेग
  • काँचुली खबर

२८ भदाै, काेहलपुर । कोहलपुरमा रहेको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न सहयोग गरिएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघले हरितालिका तीजको अवशरमा शुभकामना आदान प्रदान सहितको दर खाने कार्यक्रम आयोजना गर्दै खाद्यान्न सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यो वर्ष कोहलपुरमा रहेको नीलसागरको संरक्षणमा रहेका २५ जना असहाय, अशक्त, तथा जेष्ठ नागरीकहरूमा चाड पर्व नजिकिदै गर्दा परिवार तथा आफन्तको अभाव महशुस नहोस् भनेर यो कार्यक्रम आयोजना गरेको वाणिज्य संघ अध्यक्ष लक्ष्मण राज पौडेलले बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुर क्षेत्रकी समाजसेवी तथा स्वास्थ्यकर्मी अञ्जु न्यौपानेको पहल एवम् अगुवाईमा सञ्चालित नीलसागर सहयोगी तथा समाजसेवी नागरीकहरूको सहयोगमा सञ्चालन भईरहेपनि दिर्घकालिन रूपमा सञ्चालनमा चुनौती देखिएकाले संघको तर्फबाट खाद्यान्न समेत सहयोग गरिएको अध्यक्ष पौडेलले बताए ।

पौडेलले खुला आकाशमुनि रात बिताउन विवश घरबार विहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेकालाई साहारा दिँदै आएको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गर्न पाउँदा निकै आनन्दित लागेको बताए । उनले राज्यले गर्नुपर्ने काम आश्रमले गर्दै आएको बताए । । उनले भने, ‘आश्रमले राज्यले गर्नुपर्ने काम गरिरहेको छ । आश्रमलाई राज्यले उचित सहयोग गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै नील सागर सेवा आश्रमकी संयोजक अञ्जु नीलसागरले यहाँका विभिन्न स्थानमा वेवारिसे अवस्थामा रहेका धेरैको उद्धार गरिसकेको बताईन् । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको जानकारी गराईन् । उनले आश्रम संचालन गर्न विभिन्न किसिमका चुनौति रहेको भन्दै विभिन्न पार्टीप्यालेसमा गरिने अनावश्यक खर्चभन्दा मानव सेवामा खर्च गर्नसके कोही नहुनेहरुले भोको बस्न नपर्ने बताईन् ।

उनले भनिन्, ‘उद्योग वाणिज्य संघले गरेको खाद्यान्न सहयोगको प्रशंसा कसरी गरौं । हुन त यो सरकारले गर्नुपर्ने काम हो । तर कोहलपुर उद्योग वाणिज्य संघले यति ठुलो सहयोग गरेको छ धेरै धेरै धन्यावद ।’ उनले आश्रममा रहेकाको उपचारसँगै उनीहरुको विगतको बेदना सुन्दा जोकोही भावुक हुनसक्छन् भन्दै भावुक बनिन् ।

आश्रमलाई उद्योग वाणिज्य संघले २० बोरा चामल, २० किलो दाल, २० किलो नुन, १० लिटर तेल लगायत फलफुलहरु वाणिज्य संघका अध्यक्ष पौडेल, पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी, संस्थापक अध्यक्ष कर्ण बहादुर थापा, पूर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, चिन्तामणी धिताल, महासचिव मातृका सापकाेटा, उपाध्यक्ष चण्डी प्रसाद गैरे, उप महासचिव दिपक भण्डारी, सह काेषाध्यक्ष भुपेन्द्र प्रसाद काफ्ले, कार्य समिति सदस्य राकेश बिष्ट, सर्मिला शाह, लगायतका कार्य समितिका पदाधिकारीले नील सागरलाई सामाग्री हस्तान्तरण गरेका हुन् । साथै संघका उपाध्यक्ष चण्डी प्रसाद गैरेले आश्रमकाे संरक्षणमा रहेका २५ जना वालबालिका, जेष्ठ नागरिक, असहायहरूलाई कुशे ओैसी अर्थात बुवाकाे मुख हेर्ने दिनकाे अवशरमा आफ्ना दिवंगत पीताकाे स्मृतीमा एक दिनकाे खाजा खर्च वापत १ सय २५ रपैयांकाे दरले आर्थिक सहयोग समेत गरेका थिए ।

  • २८ भाद्र २०८०, बिहीबार १२:१६ प्रकाशित
  • Nabintech