जनसाँस्कृतिक महासंघ बाँकेको तिज विशेष कार्यक्रम सम्पन्न
  • काँचुली खबर

२६ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्र निकटको कलाकारहरुको संगठन जनसाँस्कृतिक महासंघ बाँकेले मंगलवार नेपालगन्जमा तीज विशेष कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले तीजलाई भड्किलो खर्चिलो तथा रुढीबादी र परम्परागत ढंगले नभई सुशासनका पक्षमा रहेर प्रगतिशील, चेतनामूलक, भ्रष्टाचारविरुद्ध, महिला हिंसाविरुद्ध तथा समाजमा रहेका तमाम विकृति, कुरीति एवम् कुसंस्कारका विरुद्ध समाजलाई सुसूचित गराउदै चेतनामूलक गीत र नृत्यबाट समाजलाई परिवर्तन गर्नुपर्ने बताईन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले तीजलाई धार्मिक हिसाबले नभएर साँस्कृतिक चाडपर्वका रुपमा मनाउनु पर्नेमा जोड दिईन ।

नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे जेम्सले तीजलाई अरुको देखासिकी गरेर आधुनिकताका नाममा पाश्चात्य संस्कृति समाजमा फैलिरहेको भन्दै त्यसका विरुद्धमा समाजलाई रुपान्तरण गर्ने खालका गीत संगीतमार्फत महासंघले कार्यक्रम अगाडी बढाउनुपर्नेमा जोड दिए ।

तीज विशेष कार्यक्रममा कलाकारहरु रबीना बम, सीमा घर्ती र मनिषा घर्तीलगायतले विभिन्न तीज गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

जनसाँस्कृतिक महासंघ बाँकेका उपाध्यक्ष ताराकुमारी रोकायले ‘सारै पीर पर्दो रैछ माइती टाढा भएर, एक छाक खाने ठाउँ छैन कतै गएर’ लगायतका महिला दिदीबहिनीहरुका वेदना झल्किने गीत गाएकी थिईन । महासंघका सदस्य एवं गायक तथा संगीतकार बलु तामाङले पनि आफूद्वारा सृजित गीत गाएर सुनाएका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शसीराम कार्की, जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य मणि अर्याल तथा माओवादी केन्द्रका नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाहीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासंघका अध्यक्ष गणेशा कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सदस्य हरेन्द्र बिकले संचालन गरेका थिए भने उपाध्यक्ष ताराकुमारी रोकायले स्वागत गीत प्रस्तुत गरेकी थिईन ।

  • २६ भाद्र २०८०, मंगलवार १९:२० प्रकाशित
  • Nabintech