२३ भदौ खजुरा । नेकपा माओवादीले संचालन गरेको विशेष रुपान्तरण अभियान अन्तर्गत खजुरा गाँउपालिकाका अध्यक्ष आफै श्रमदानमा खटिएका छन । अभियान अन्तर्गत खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. (तुफान) शनिबार गरीरहेको अवस्थामा भेटिएका हुन ।
तिन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्र खजुरा पालिक किमिटीले श्रमदान कार्यक्रम संचालन गर्दै आएको छ । पालिकाका प्रतेक वडामा श्रमदान अभियान संचालन गरीने बताईएको छ ।
जसअन्तर्गत शनिबार वडा न. ४ मा पर्ने इ गाउँ चोक देखि श्री किरण भवानी मन्दिर सम्मको बाटो मर्मतकालागि श्रमदान कार्यक्रम गरीएको छ । नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका कमीटीले आयोजना गरेको उक्त कार्यक्रममा पालिका किमिटी अध्यक्ष राजकुमार बि.क., उपाध्यक्ष टंक पोख्रेल, वडा न. ४ अध्यक्ष टेक बहादुर क्षेत्रि, वाइ.सि.एल. अध्यक्ष दिनेश बुढा मगरका साथै जनप्रितिनिधी तथा स्थानियहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
२३ भाद्र २०८०, शनिबार १४:०६ प्रकाशित