१८ भदौ, काठमाण्डौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालको तेस्रो विकेट क्षति भएको छ। कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका छन्। ८ बल खेलेका उनलाई भारतीय कप्तान रोहित शर्माले क्याचबाट आउट गराएका हुन्।
यसअघि भीम सार्की ७ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए।
नेपालले २० ओभरको समाप्तिमा ९३ रन बनाएर खेलिरहेको छ। आशिफ शेख ३९ रन बनाएर खेलिरहेका छन्।
१८ भाद्र २०८०, सोमबार १६:४८ प्रकाशित