१६ भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर मोडेल कलेजले शनिबार एक कार्यक्रमका बिच नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजमा अध्ययनरत द्धितिय वर्षका विद्यार्थीहरुद्धारा आयोजित स्वागत कार्यक्रम मार्फत बिबिएस पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरीएको हो ।
वि.सं. २०६६ सालमा स्थापना भएको कलेजले स्थापनाकाल देखी नै नयाँ विद्यार्थीहरुलाई स्वागत र पासआउट भएका विद्यार्थीहरुलाई बिदाई गर्ने परम्पराको थालनी गरेको बताउँदै कोहलपुर मोडेल कलेजका संस्थापक संचालक सन्जीव बाबु पंगेनीले आगामी वर्षहरुमा समेत कार्यक्रमलाई निरन्तरता दिने बताए ।
३८ जनाबाट ब्यवस्थापन संकायमा अध्यापन सुरु गरेको कलेजले स्थापनाको छोटो समयमै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्न सफल भएको पंगेनीले बताए । ब्यवस्थापक संकायतर्फ यस क्षेत्रमै उत्कृष्ट कलेजका रुपमा केएमसी स्थापीत भईसकेको दाबी गर्दै संचालक पंगेनीले बिबिएसका साथै हाल कलेजमा एमबिएस, बिआइएम जस्ता संकाय समेत थप गरीएको बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले उच्च शिक्षा अध्ययनकालागि राजधानी जाने वातावरणको अन्त्य गर्न जिल्लामा संचालित क्याम्पसहरुको महत्वपूर्ण भुमिका रहने बताए । ब्यवस्थापन विषय अध्ययन गर्न चाहने विद्याथीहरुकालागी कोहलपुर मोडेल कलेज राजधानीको बिकल्पका रुपमा स्थापित हुँदै गरेको भन्दै उनले खुसी ब्यक्त गरे ।
कार्यक्रममा बिभिन्न स्थानिय कलाकारहरुले साँस्कृतीक प्रस्तुती दिएका थिए भने राष्ट्रिय कलाकार ईन्दिरा जोशीले धमकेदार साँगितीक प्रस्तुती दिएकी थिईन । कार्यक्रमकै लागि कोहलपुर आएकी जोशीले स्वागत कार्यक्रममा आफ्ना चर्चित गितहरु गाएकी थिईन ।
बिबिएस दोस्रो वर्षकी छात्रा बिनिता सिंजाली मगरको सभापतीत्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिकका उपमेयर संगीता सुवेदी, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल लगाएतले आफ्नो मन्तब्य राखेका थिए ।
१६ भाद्र २०८०, शनिबार १७:२७ प्रकाशित