पाकिस्तानविरुद्ध नेपालको राम्रो सुरुवात
  • काँचुली खबर

१३ भदौ, काठमाण्डौं । नेपालले एसिया कपमा घरेलु टोली पाकिस्तानका दुबै ओपनरलाई सुरुवातमा आउट गर्दै राम्रो सुरुवात गरेको छ । मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले १४ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ६५ रन बनाएको छ । कप्तान बाबर आजम र मोहम्मद रिजवान क्रिजमा छन् ।

तीव्र गतिका बलर करण केसीको छैटौं ओभरको तेस्रो बलमा एज लागेर ओपनर फखार जमान विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट भए । सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा इमाम उल हकलाई ५ रनमा रन आउट गरे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए । सोमपालको आउट साइड अफको बलमा प्वाइन्ट गल्लीमा आरिफले क्याच छाड्न पुगेका थिए । तर त्यो जीवनदान नेपाललाई धेरै भारी परेन ।

  • १३ भाद्र २०८०, बुधबार १६:३४ प्रकाशित
  • Nabintech