११ भदौ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मा रहेको जनता मावि मैटहवामा तालाबन्दी गरीएको छ । विद्यालयका प्रधानाध्यापकले विद्यालयमा मनोमानि गरेको भन्दै अभिभावकहरुले बिद्यालयको लेखा तथा प्रशासन कक्षमा तालाबन्दि गरेका छन ।
प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले विद्यालय ब्यबवस्थापन समितीले दिएको निर्देशनलाई अटेर गर्दै गैर जिम्मेवारीपुर्ण तरीकाले गतिविधि संचालन गर्दै आईरहेको अभिभावकहरुले आरोप लगाएका छन ।
पछिल्लो समय बिद्यालयका सबै कामहरु एकलौटि, मनोमानि रुपले गर्ने गरेको र आज सोमबार आयोजित अभिभावक भेलामा ती कुराहरुको बारे बुझदा प्रधानाध्यापकले जवाफ नदिई गैर जिम्मेवारीपुर्ण रवाफ देखाएकाले तालाबन्दी गर्नुपरेको अभिभावकहरुले बताएका छन ।
स्थानिय काँग्रेस समर्थक रमजान अलिले जनप्रतिनिधिको नेतृत्वमा तालाबन्दि गरेको दाबी गरेका छन । उनले विद्यालय जस्तो शान्ती क्षेत्रमा आफुले भने जस्तो नभएपछि जनप्रतिनिधिले नै तालाबन्दी गर्न लगाएको आसय सहितको अभिब्यक्ति सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन । तर जनप्रतिनिधि एवं वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालले विद्यालयका प्रधानाध्यापकले अभिभावक मात्र बोलाउनुपर्नेमा राजनैतिक दलका मान्छे किन बोलाएको भन्दै बखेडा झिकेपछि अभिभावकहरुले स्वतस्फुर्त रुपमा तालाबन्दि गरेको उल्लेख गरेका छन । वडाध्यक्ष रिजालले तालाबन्दीमा आफ्नो संलग्नता नरहेको दाबी समेत गरेका छन ।
अभिभावकहरुले प्रधानाध्यापकले कसैको जानकारी नदिएर विद्यालय ब्यवस्थापन समितीको स्विकृतबिना पंखा बिक्रि वितरण गरेको, विद्यालय ब्यबस्थापन समितीलाई जानकारी नै नदिई एक लाख बराबरको सेनेटरी प्याड खरिद गरेको, विद्यालयमा अध्यनरत छात्र छात्राहरुलाई दिईने दिवा खाजा समेत समितीसँग कुनै समन्वय नगरी खरिद गर्ने गरेको, विद्यालयमा नियमानुसार हुने कवाड बिक्रि समेत स्वइच्छाले गरेको र विद्यालयको पर्खाल समेत कसैको सल्लाह सुझाव नलिई आफै भत्काउने कार्य गरेको आरोप लगाएका छन ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले विद्यालय ब्यबवस्थापन समितीको २०७९ मंसिरमा म्याद सकिएको बताए । उनले नयाँ ब्यवस्थापन समिती गठन गर्दा राजनैतिक ब्यक्तिलाई नबोलाउने भन्दाभन्दै बोलाएको, समितीका पदाधिकारीहरु बैठक बोलाउदा नआउने र विद्यालयको प्रशासनिक कार्य सञ्चालनमा समेत असहयोग गरेका कारण आफुले एकल निर्णय गर्न बाध्य भएको स्विकार गरेका छन । खत्रिले आफुले गरेका कामकाज र बिल भरपाई हेर्दा हुन्छ भन्दै वडा अध्यक्ष रिजालसँग भनाभन भएको स्विकार गरेका छन ।
११ भाद्र २०८०, सोमबार १९:५८ प्रकाशित