१० भदाै, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टि बाँकेले काेहलपुरमा बिराेध प्रदर्शन गरेकाे छ । नेपालमा लागु गर्न लागिएकाे मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) र कोहलपुर ११ मा रहेको सुकुम्वासि बस्ती हटाउने निर्णयकाे बिराेधस्वरूप आईतबार बिराेध प्रदर्शन गरीएकाे हाे ।
प्रदर्शनमा सहभागीहरूले “गो ब्याक अमेरिका, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसिसि मुर्दावाद, सुकुम्वासिको उचित थातथलोको ब्यबस्था गर, सुकुम्वासी पहिचान गर” जस्ता चर्का नारा लगाएका थिए । प्ले कार्ड सहित बिराेध प्रदर्शनमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ताहरुले नगरका विभिन्न भाग परिक्रमा गर्दै न्युरोड चोकमा कोण सभाको आयोजना गरेका थिए ।
कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य नारायण सिले संसदबादी दलहरु झन पछि झन दलदलमा फसिरहेको चर्चा गर्दै आफुसंगै देशलाई समेत दलदलमा फसाएको जिकीर गरे । उनले राष्ट्रघाती एमसिसि परियोजना कार्यानवयनका बिरुद्ध जनप्रर्दशन गर्दै फिर्ता गर्न बाध्य पारिनु पर्ने भन्दै एमसिसि देश र जनताको पक्षमा आत्मघाति भएको आरोप लगाए ।
अन्तराष्ट्रिय सहयोगका नाममा बाटो, बिद्युत बनाउने भन्ने भ्रमपुर्ण बिषय बोकेर अमेरिकाले नेपालमा समेत आफ्नो साम्राज्य फैलाउदै आफ्ना सेनाहरुलाई परेड खेलाउन चाहेको कुरा संसदबादी दलहरुलाई थाहा हुँदा हुँदैपनि उनीहरु बिक्रि भईसकेकोले तैं चुप मैं चुपको अवस्थामा पुगेको उनले दाबी गरे ।
एमसिसि आएको खण्डमा देश युक्रेन र सिरीया बन्ने भन्दै देशभक्त राष्ट्रबादी जनताहरु जुर्मुराउनुको विकल्प नरहेको उल्लेख गरे । उनले वर्षाको समयमा ३ दशकदेखि बस्दै आएका कोहलपुर ११ का सुकुम्बासीहरुलाई कोहलपुरका संसदबादि दलहरुको मिलोमतोमा घरवार बिहीन पार्न खोजिएको प्रति आपत्ती प्रकट गर्दै अबैधानिक भए प्रमाणित गरिनुपर्नेमा जोड दिए ।
“के सबै जग्गा नगरविकास समितीको हो ? यदि हो भने गया प्रसाद थारु र दुलारे थारु किन अदालतमा मुद्धा दायर गर्न लागिपरेका छन ?” भन्ने प्रश्न गर्दै भुमाफियासँगको साँठगाँठमा कोहलपुरका राजनैतिक दलहरुले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि जग्गा खालि गराउने निर्णयमा हस्ताक्षर र सहमती जनाएको उनले ठोकुवा गरे । ऐलानी हो भनेर बसेका अधिकाशं भुमिहिनहरुको उचित ब्यबस्था नगरी हटाउन खाेज्नु निरंकुशता हुने भन्दै उनले नम्बरी र नगर विकासकै जग्गा भएपनि उचित ब्यबस्थापन पछि मात्र हटाउनुपर्नेमा जोड दिए ।
अर्का बक्ता संगम सिले एमसिसि कार्यान्वायनमा ल्याए अमेरिकी साम्राज्यबादका बिरुद्ध जेहाद छेड्ने भन्दै हिजको जनयुद्धको झल्को दिनेगरि पार्टिपंत्तिले तयारीका साथ प्रतिकारमा उत्रिने चेतावनी दिए । कपिलवस्तु देखि बाँकेको सिमानासम्मको बाटो निर्माण गर्ने भन्दै एमसिसि हाम्रो गाँउघरमा नै आउन लागेको भन्दै संगमले देशको आवश्यकतालाई हेरी आफुहरु बम बनि पड्कीन तयार रहेको चेतावनी दिए ।
चुनावका बेला दलाल राज्यशक्ताका प्यादाहरुले लालपुर्जा दिनेछौं भन्दै भोट मागेको तर आज आफ्नै जनतालाई उठिबास लाउन कम्मर कसेको भन्दै कोहलपुर ११ को सबै सुकुम्बासी बसेको जग्गा पहिले नगर विकास समितीको भए नभएको लालपुर्जा सहित एकीन गरि देखाउन चुनौती दिए ।
उनले सुकुम्वासि, भुमिहिन, दलित, जनजाती र मुक्त कमैयाहरुलाई राज्यले नै थातथलोको ब्यबस्था गरिरहेको बेला समेत स्थानिय सरकारले दादागिरी शैलिमा बल प्रयोग गर्ने गरि सुचना निकालेको भन्दै खेद प्रकट गरे ।
नेपाल कम्युनिष्ट पार्टि बाँकेका सचिव कल्पना सिले समेत चरणबद्ध आन्दोलनमा आफ्नो पार्टि होमिएको भन्दै आन्दोलनको सानो आगोको झिल्कोलाई कम नआक्न सम्बन्धित निकायलाई चेतावनि दिएकी छिन । उनले मर्ने र मार्ने समय पार गरेर आएकाे उल्लेख गर्दै नेपाली जनतालाई अन्याय र अत्याचार लाद्न खाेजिए शासकहरुलाई भारी पर्ने बताईन ।
यसैबिच कोहलपुर नगरपालिका ११ स्थित नगर विकासको जग्गा राष्ट्रसेवक कर्मचारीबाट समेत अतिक्रमण गरी संरचना निर्माण गर्ने काम भएको पाइएको भन्दै तत्काल संरचना खाली गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।
क्रिकेट मैदान आसपासको नगर विकासको अतिक्रमित जग्गामा बहालवाला राष्ट्रसेवक कर्मचारी र तिनका परिवार समेत बसेको सुन्न आएकाे जनाउँदै त्यस्ता कर्मचारीलाई तुरुन्त खाली गर्न बाँके प्रशासनले आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीद्वारा हस्ताक्षरित सूचनामा अतिक्रमित जग्गामा बनाइएका संरचना खाली नगरे प्रचलित कानुन अनुसार कारबाहीको चेतावनी दिइएको छ ।
कोहलपुर नगरपालिका क्षेत्रभित्र अनाधिकृतरुपमा भूमि अतिक्रमित गरी बनाइएका संरचना हटाउने सम्बन्धमा भदौ ४ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय छलफलमा नगर विकासको अतिक्रमित जग्गा खाली गराउने सहमति भएको थियो ।
सोही अनुसार नगर विकासले सात दिनको समय दिएर अतिक्रमित संरचना खाली गर्न सूचना जारी गरिसकेको छ । भदौ ४ गतेको सर्वदलीय तथा सर्वपक्षीय छलफलले अतिक्रमित जग्गा खाली गराउने सहमति गरिसकेको छ ।
सुकुम्बासीका नाममा राष्ट्रसेवक कर्मचारीदेखि लिएर सम्भ्रान्त परिवारका व्यक्तिले समेत नगर विकासको जग्गा अतिक्रमण गरेका आरोप छ । अहिले क्रिकेट मैदान आसपासको नगर विकासको जग्गामा ६१८ घरधुरी बस्दै आएको बताईएकाे छ ।
१० भाद्र २०८०, आईतवार २१:११ प्रकाशित