९ भदौ, कोहलपुर । बाँकेमा शनिबार दुई फरक ठाँउमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका-४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो ।
त्यसैगरी पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-१ कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका-३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको हो । मृतक सार्कीसँगै पौडी खेल्न गएका तिन जना भने सकुशल रहेको प्रहरी जनाएको छ ।
पाैडि खेल्ने क्रममा डुबेर काेहलपुरका सार्कीकाे मृत्यु
९ भाद्र २०८०, शनिबार २०:२४ प्रकाशित