९ भदाै, काेहलपुर । बाँकेमा पाैडि खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । शनिबार बैजनाथ ३ स्थित भाईरल महेन्द्र तालमा पौडी खेल्ने क्रममा कोहलपुर १ कौसिलानगर निवासी १७ वर्षिय सुरेश सार्किको डुबेर मृत्यु भएको स्थानियले जनाएका छन ।
उनीसँगै पौडी खेल्न गएका अन्य ३ जना भने सकुशल रहेका छन । ४ जनाकाे समुहमा घुम्न गएका उनिहरूमध्ये सुरेश पाैडि खेल्ने भन्दै तालमा पसेका थिए । पाैडि खेल्ने क्रममै सुरेश डुबेपछि उनिसँगै गएका साथिहरूले स्थानियलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै उद्दारकालागि खाेजि गर्दा नभेटिएपछि समशेरगन्जमा रहेकाे सशस्त्र प्रहरी गणबाट उद्दार टाेलि बाेलाईएकाे बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष निखिल ……. ले जानकारी दिए । सशस्त्रको गाेताखाेरकाे टिमले डुबेकाे अवस्थामा सुरेशकाे शव बाहिर निकालेकाे वडाध्यक्षले बताए । उनका अनुसार शवलाई पाेष्टमार्टमकालागि भेरी अस्पताल नेपालगन्ज पठाईएकाे छ ।
९ भाद्र २०८०, शनिबार १६:०७ प्रकाशित