जोशीलाई कारबाहीकालागी एमाले बाँकेले गर्यो सिफारीस
  • काँचुली खबर

३० साउन, नेपालगन्ज । नेकपा एमालेले लुम्बिनी प्रदेश सदस्य दिपेन्द्र जोशीलाई कारबाहीकालागी सिफारीस गरेको छ । आगामी भदौ २ गते हुन गइरहेको नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा पार्टीको आधिकारीक प्यानल बिरुद्ध उम्मेदवारी दिएका जोशीलाई पार्टीले कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जोशीलाई उम्मेदवारी फिर्ता लिन दवाव दिएपनि उनले अटेरी गरेकाले कारबाहीकालागी प्रदेश समिटीलाई सिफारीस गरीएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन ।

भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानललाई जिताउन आग्रह गर्दै कक्षपतिद्धारा जारी गरीएको विज्ञप्तीमा यस्तो लेखिएको छ, ‘नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग व्यवसाय माहासंघ बाँकेले छनोट गरेका उम्मेदवारका साथै हाम्रा उम्मेदवारलाई सहयोग, समर्थन र सहकार्य गरेका अन्य उम्मेदवारलाई पनि विजयी गराउनका लागि यहाँहरु सबैको योगदान र सहकार्य हुने छ। यस कार्यमा हामी सबैको एक्यवद्धता साथ, सहयोगबाट हाम्रा र हामिले समर्थन गरेका उम्मेदवारहरु विजयी गराउनु पर्ने सबैको कर्तव्य भएकोले सोही अनुसार टंक धामी नेतृत्वको समावेशी प्यानललाई विजयी गराउन जुट्न हुन सबैमा हार्दिक अपिल गर्दछु ।’

विज्ञप्तीमा अगाडी लेखिएको छ, ‘हाम्रो पार्टिका लुम्बिनी प्रदेश कमिटी सदस्य दिपेन्द्र कुमार जोशी उद्योग तर्फको उपाध्यक्षको आधिकारिक उम्मेदवार नभएको जानकारी गराइन्छ। निजलाई उम्मेदवारी फिर्तालिन मौखिक दबाब दिइएको र अटेरी गरेकोले निजलाई कार्वाहीका लागि प्रदेश कमिटीमा जानकारी गराएको समेत अनुरोध छ ।’

  • ३० श्रावण २०८०, मंगलवार १८:३७ प्रकाशित
  • Nabintech