१३ साउन, काेहलपुर । काेहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अन्तर्गत अन्तिम चरणकाे मतगणना भईरहेकाे छ । पछिल्लाे मतगणनाकाे नतिजा अनुसार लाेकतान्त्रिक प्यालनका उम्मेदवार टेकनारायण भुषालले निकटतम प्रतिद्वन्द्वी रूद्र खनालसँगकाे मतान्तर फराकिलाे बनाउँदै १०३५ मतसहित लिड गरीरहेका छन ।
बिहान ११:१० बजेसम्म २६०२ मतगणना भएकाेमा खनालले ९४१ र विष्णु तिवारीले ३६९ मत प्राप्त गरेका छन ।
शुक्रबार भएकाे निर्वाचनमा कुल २ हजार ८८७ मत खसेकाे थियाे ।
१३ श्रावण २०८०, शनिबार ११:५१ प्रकाशित