को हुन सचिव पदका उम्मेद्वार गोविन्द वाग्ले ?
  • काँचुली खबर

बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट सचिवा पदका उम्मेद्वार गोविन्द वाग्ले को हुन् ?

बर्दिया जिल्ला सोरहवा गाविसमा जन्मेका वाग्ले २०४२ सालमा कोहलपुर आएका हुन् । बुवा तारानाथ उपाध्यक्ष र आमा लिलाक्ती वाग्लेको पहिलो सन्तानको रुपमा उनको जन्म भएको हो । सामान्य परिवारमा जन्मेका वाग्लेको बाल्यकाल सामान्य रुपमा बित्यो । वाग्लेकी श्रीमति अचला घिमिरे हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

वि.स. २०५६ सालमा एसएलसी पास गरेका वाग्लेले विपद व्यवस्थापन र सोसलोजीमा एम.ए. सम्म अध्ययन पुरा गरेका छन् । विद्यलय तहदेखि नै सामाजिक कार्यमा सक्रिया वाग्ले नेपाल रेडक्रस सोसाईटी, ऐम्नेष्टी इन्टरनशेल नेपाल,नेपाल स्वयसेवी रक्तदाता समाज बाँके, नेपाल भारतमैत्री संघ, डिजास्टर सोलुसन एण्ड रिर्सच सेन्टर जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । यसका साथै उनी हाल नेपाली काँग्रेस कोहलपुर नगर सचिव समेत हुन् ।

कोहलपुर खोनपानीमा देखिएका आर्थिक अनियमितताको छानविन गरी दोषि उपर कारवाहीका लागि काम गर्ने संकल्प लिईएको उनले बताएका छन् । कोहलपुरका जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन विशेष नीतिका साथ काम गर्ने लक्ष्यका साथ निर्वाचनमा मतदान गरी बिजयी गराईदिन सम्पूर्ण उपभोक्ताहरुमा अनुरोध समेत गरेका छन् । उनको चुनाव चिह्न मोटरसाइकलमा मतदान गरी बिजयी गराईदिनका लागि सम्पूर्ण खानेपानी उपभोक्ताहरुमा हार्दिक अनुरोध गर्दछौं ।

  • ११ श्रावण २०८०, बिहीबार १६:०२ प्रकाशित
  • Nabintech