३ साउन, कोहलपुर । कोहलपुर बृहत खानेपानि तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि ४ दलीय गठनको साझा प्यानल घोषणा गरिएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र एकिकृत समाजवादिकाे तर्फबाट रुद्र खनालको नेतृत्वमा साझा प्यालनकाे उम्मेदवारी घोषणा भएको हो ।
साझा प्यानलकाे तर्फबाट अध्यक्षमा रूद्र खनाल, उपाध्यक्षमा यम बहादुर रावत, सचिवमा बल बहादुर खड्का (अविरल) कोषाध्यक्षमा नारायणी वली र सह-कोषाध्यक्षमा प्रेम पाण्डे उम्मेदवार रहेका छन् । यस्तै सदस्यहरुमा मेनुका न्यौपाने, केशव पोख्रेल, दुर्गा काफ्ले र लाल बहादुर बुढाथोकी रहेका छन् । सह-सहिच सहित थप २ जना पछि मनोनित गर्ने सहमती भएकाे छ ।
उम्मेदवारी घोषणा सभामा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी, पुर्वकृषि मन्त्री आरती पौडेल तथा नेकपा माओवादि केन्द्र बाँकेका संयाेजक नरेन्द्र पाण्डे (जेम्स), नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओवादी केन्दका नगर अध्यक्ष अवराज खड्का, राप्रपाका बाँके अध्यक्ष रूद्रमणि न्यौपाने, नेकपा एकीकृत समाजबादी कोहलपुरका नगर अध्यक्ष शिव डाँगी लगायतकाे सहभागिता रहेको थियो ।
नेकपा माओवादी केन्दका नगर अध्यक्ष अवराज खड्काले कोहलपुरबासीलाई सहज रुपमा स्वच्छ खानेपानी उपलब्ध गराउन सक्षम नेतृत्वको आवश्यक परेको भन्दै खनालको नेतृत्वमा रहेकाे साझा प्यानललाई विजय गराउन सबैमा आग्रह गरेका छन ।
उम्मेदवारी घाेषणा पछि प्रतिक्रिया दिदै अध्यक्ष पदका उम्मेदवार रुद्र खनालले घरघरमा स्वच्छ पानी पुर्याउने प्रतिवद्दता जनाए । उनले खानेपानि जस्ताे संवेदनशील क्षेत्रलाई भ्रष्टाचार र अनियमितालाई पूर्ण रुपमा मुक्त गराउने बताए ।
‘भूमिहिन तथा सुकुम्बासीहरुका लागि खानेपानीको व्यवस्थापन गर्नेछाै,’ उनले भने, ‘जनतालाई सरल, सहज र नियमित रुपमा स्वच्छ खानेपानी उपलब्ध गराउनेछौं ।’ खनालले आफ्नो टिमलाई जिताउन सबै उपभोक्ताहरुलाई अनुरोध गरेका छन् ।
करिब ५ हजार २ सय उपभोक्ता रहेको कोहलपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन साउन महिना भित्रमा हुने भएको छ ।
३ श्रावण २०८०, बुधबार ०८:५० प्रकाशित