३१ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमीमा बौद्धिक एवं ब्यवसायिक ब्यक्तित्वहरुको लगानि, स्तरीय पढाई र वातावरण अनुकुल शैक्षिक आँगन भएकै कारण यस क्षेत्रका बिद्यार्थीहरुका लागि आकर्षक गन्तब्य बन्दै गएको छ ।
एसईई सकेर बसेका बिद्यार्थीका लागि म्यानेज्मेन्टमा होटेल म्यानेज्मेन्ट र कम्प्युटर साईन्सको अध्यापन हुने यस विद्यालयमा किताबी ज्ञानसँगै प्रयोगात्मक अभ्यासका कक्षाहरु समेत हुने गरेका छन ।
प्लस टु सकेर अस्ट्रेलिया, क्यानडा जस्ता देशहरुमा गएर उच्च शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई व्यवहारीक ज्ञान, सिकाई र शिपले सहयोग गर्न साहयक सिद्ध हुने भएकाले पनि आजभोलि बिद्यार्थीहरुको रोजाई प्रायस् होटेल म्यानेज्मेन्ट र कम्प्युटर साईन्स हुने गरेको तक्षशिलामा अध्ययन गर्न आउनेहरुको अनुभव रहेको छ ।
परम्परागत शिक्षण सिकाइभन्दा माथि उठेर सुविधा सम्पन्न पूर्वाधार र व्यवहारिक शिक्षालाई महत्व दिने ध्ययका साथ २०७३ सालमा कोहलपुर १० बिद्यानगरमा स्थापना भएको तक्षशिला एकेडमीले २०७७ सालदेखि ‘प्लस टु’ का कार्यक्रम सञ्चालन गर्दै आएको बिद्यालयका अध्यक्ष बिष्णु प्रसाद वेल्वासे बताउँछन ।
होटेल म्यानेज्मेन्ट र कम्प्युटर साईन्सका लागि प्रयाप्त ल्याबको ब्यबस्था रहेको यस बिद्यालयमा आवासिय रुपमा रहेर अध्यन गर्न चहानेहरुका लागि समेत राम्रो प्रबन्ध रहेका कारण पनि आफुले तक्षशिला एकेडेमी नै रोजेको छात्रा बन्दना शाहले बताईन ।
एसईईपछि मोटो रकम खर्चेर राजधानि जाने परम्परालाई तोडनकै लागि आफुहरुले होटेल म्यानेज्मेन्ट र कम्प्युटर साईन्सका कक्षाहरु सञ्चालनमा ल्याएको बताउदै अध्यक्ष वेल्वासेले बिद्यालयमा स्विमिङ पुल, बगैचा तथा खेल मैदानको समेत उचित ब्यबस्थापन गरीएको बताए ।
आफूहरुले विद्यार्थी र अभिभावकबीचको अन्तरक्रियालाई प्राथमिकता दिंदै आएको र अभिभावकको सुझाव रायलाई अनुशरण गर्दै शैक्षिक गुणस्तरलाई बढाउने काम गरिरहेको अध्यक्ष वेल्वासे बताउँछन ।
अभिभावकको अपेक्षा, समय र विद्यार्थीको आवश्यकता अनुसारको शैक्षिक वातावरण निर्माण गर्ने अभियानमा तक्षशिलाले जिम्मेवारपूर्ण शिक्षण सिकाइ गरिरहेको उनको भनाइ छ ।
तक्षशिलालाई पश्चिम क्षेत्रको नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक सक्रिय रहेको भन्दै बिद्यालयका प्रिन्सिपल मकुुन्द्र बिक्रम शाहले शैक्षिक अभियानलाई उचित स्थान प्रदान गर्न लगानिकर्ता, शिक्षक कर्मचारी एवं बिद्यालय ब्यबस्थापन समितीले बेला बेलामा अभिभावकहरुको घरघरमा गएर पनि बालबालिकाहरुले घरमा गर्ने बानि ब्यहोरा र शिक्षाका बिषयमा लिने चासोका बारेमा समेत अध्ययन, अवलोकन गर्ने परम्पराको थालनी गरीएको बताए ।
३१ असार २०८०, आईतवार १४:४६ प्रकाशित