२४ असार, काठमाडौँ । संसद्को गतिरोध अन्त्य भएको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेपछि संसद् अवरोध खुल्ने भएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको बताए । उनले भने, ‘आज तीन बजे बैठक बस्छ । प्रधानमन्त्रीजीले आफ्नो धारणा राख्नु हुन्छ’ उनले भने । प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।
२४ असार २०८०, आईतवार १३:३४ प्रकाशित