१७ असार, बुटवल । पुर्व बक्सिङ खेलाडी राजु गुरुङको अध्यक्षतामा नेपाल बक्सिङ संघ, लुम्बिनी प्रदेशको नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन ।
शनिबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेसनबाट संघको वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुन, उपाध्यक्ष जय बहादुर घर्ती, उपाध्यक्ष अब्दुल रहमान, सचिव कुमार खाड ठकुरी, कोषाध्यक्ष भेष बहादुर थापा, सदस्य महिला कृष्णा सुनार, सदस्य समीर सिद्घिकी, सिरमन घर्ती, बिरेन्द्र सि ठठेट, निम प्रसाद राहदी, मनिराम चक्रवर्ती र सरोज पौडेल सर्वसम्मत निर्वाचित भएका छन । यसैगरि शनिबार नै बसेको बैठकले संघको सहसचिव पदमा हरि बहादुर सुनार, सदस्य पदमा करण रोकामगर, खिम बहादुर राना तथा संघको प्रेस सल्लाहकारमा स्वस्तिक श्रेष्ठलाई मनोनित गरेको छ ।
एक कार्यक्रममा बिच अधिवेशनको प्रदेश खेलकुद विकास परिषद, लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै खेलकुद संघ स्थापना खेलको विकास गर्न भएको दाबी गर्दै निकट भविष्यमा राम्रो उपलब्धिहरु हासिल गर्नेमा आशावादी रहेको बताए । सरकारसँग समन्वय गरि संघहरु निरन्तर कार्यक्रमहरु गर्न सुझाव दिदै नीजि क्षेत्रको योगदान महत्वपुर्ण रहेको उनले बताए । बक्सिङ खेलमा उवरर्भुमि रहेको लुम्बिनी ओझेलमा परेको भन्दै नया ढंगबाट अघि बढ्दा पक्कै अवसरको ढोका खुल्ने उनले बताए ।
कार्यक्रममा नवनिर्वाचित संघका अध्यक्ष राजु गुरुङले बक्सिङमा राष्ट्रिय १३ औ र १४ औ प्रतियोगिताबाट शुभारम्भ गरेको स्मरण गर्दै खेल भावना विकासमा अनुसासन र निरन्तरता जरुरी रहेको बताए । खेलाडीलाई उत्साह जगाउने शब्दहरु रहेको खेल गानलाई अघि बढाउन जरुरी रहेको बताए । रुपन्देही जिल्लामा बक्सिङ खेल प्रशिक्षक विहिन रहेको दुखेसो गर्दै यसरी खेल विकासमा बाधा उत्पन्न भएको दुखेसो गरे ।
कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य शोभाजंग केसीले कुनै बेला बक्सिङ खेलमा नाम कमाएको लुम्बिनी फेरि जुरमुराएको दाबी गरे । खेलाडीको पहिचान र नियमित अभ्यास, प्रतियोगितामा ध्यान दिने गरि संघ लाग्नुपर्ने उनले सुझाव दिए । खेलकुद विकासमा सहयोग भएको सहयोग रकमको हिसाबकिताबमा पारदर्शिता नहुदा आलोचित हुनुपरेको उनले दुखेसो गरे ।
स्वस्थका हिसाबमा फिट नभएका खेलाडीलाई मैदानमा उत्रार्ने, आर्थिक पार्दशिता नहुने जस्ता छाप अब हटाउन नया नेतृत्वको काधमा रहेको उनले बताए । बक्सिङ खेलमा विस्तार भएका नया नया विधाहरुका कारण युवाहरुमा आकर्षक बढेको उनले बताए ।
पुर्व खेलाडी तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुनले अन्तराष्ट्रिय क्षेत्रमा पदकको सम्भावना बोकेको खेल भएको भन्दै सरकारबाट आवश्यक लगानी जरुरी रहेको बताए ।
कार्यक्रममा पुर्व बक्सिङ प्रशिक्षक तथा खेलाडी तुल बहादुर थापालाई बक्सिङ खेलमा गरेको योगदान स्वरुप दोसल्ला, नगदसहित सम्मान गरिएको छ । नवनिर्वाचित सचिव कुमार खाड, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले खेलकुद विकासमा सरकारको लगानी जरुरी रहेको बताए ।
१७ असार २०८०, आईतवार १३:१० प्रकाशित