२१ बैशाख, काठमाण्डौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतका अनुसार, रायमाझीलाई बिहीबार बिहान भैरहवाबाट नियन्त्रणमा लिइएको हो ।
उनका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधवार नै पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीको प्रहरी स्रोतका अनुसार काठमाडौँबाट गएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बाबु र छोरालाई नियन्त्रणमा लिइएको हो ।
२१ बैशाख २०८०, बिहीबार १२:०१ प्रकाशित