सात वर्षपछि साधारणसभा गर्दै कोहलपुर खानेपानी संस्था
  • काँचुली खबर

१५ बैशाख, कोहलपुर । कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाले लामो समयपछि वार्षिक साधारण सभा गर्ने भएको.छ । हरेक ५ वर्षमा संस्थाको नियमीत साधारणसभा गर्नुपर्नेमा ब्यवस्था छ । तर बिबिध कारणले ७ वर्षसम्म साधारणसभा गर्न नसकेको संस्थाले आगामी जेठ २ गते ८ औं वार्षिक साधारणसभाको मिति तय गरेको संस्थाका अध्यक्ष नरबहादुर मल्लले जानकारी दिए ।

शुक्रबार संस्थाद्धारा कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मल्लले नेतृत्व परिवर्तनकालागि लामो समयपछि साधारणसभा गर्न लागिएको बताए । संस्थाको विधानमा उल्लेखीत नितिका कारण समयमै साधारणसभा गर्न नसकिएको भन्दै मल्लले सर्वपक्षिय/सर्वदलिय छलफलको निर्णय अनुसार साधारणसभाको मिति तय गरीएको प्रष्ट पारे ।

कोहलपुर नरगपालिकाको १, २, ५, ६, १०, ११ र १२ वडामा खानेपानी वितरण गर्दै आएको संस्थाले साधारणसभाकालागि अधिकाशं वडामा वडास्तरका भेलाहरु सम्पन्न गरीसकेको भए पनि १० र ११ नम्बर वडामा भने अझैं पनि वडा भेला गर्न नसकिएको मल्लले बताए । वडा भेला सम्पन्न भएका वडाहरुमा प्रतिनिधि छनौट गर्ने काम सकिएको बताउँदै मल्लले साधारणसभाकालागि हालसम्म ४१५ जना प्रतिनिधि छनौट गरीएको बताए ।

संस्थाको बिधान अनुसार साधारणसभा अघि वडास्तरका उपभोक्ताबाट वडा समिती र १० बराबर १ का दरले प्रतिनिधी चयन गरिने उल्लेख छ । बिधान अनुसार छनोट भएका प्रतिनिधीहरुबाट संस्थाको मुल समिती सर्वसहमतीबाट गठन गरिने उल्लेख छ ।

कुल ५ हजार १ सय उपभोक्त मध्येबाट ५ सय १० प्रतिनिधी छनोट हुने र ति प्रतिनिधीबाट कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको सर्बसम्मत नयाँ कार्यसमिती चयन हुने संस्थाका सचिव प्रेम कटुवालले जानकारी दिए । कटुवालका अनुसार सर्बसम्मत नेतृत्व चयन हुन नसके ५ हजार १ सय उपभोक्ताले मतदान गरेर नयाँ नेतृत्व चयन गर्ने बिधानमा उल्लेख रहेको छ । तर ५ हजार १ सयलाई मत अधिकार भएपनि ५ सय १० प्रतिनधी मध्येबाट मात्रै उम्मेदवार हुन पाउने बिधानमा व्यवस्था रहेको कटुवालले बताए ।

  • १५ बैशाख २०८०, शुक्रबार १७:११ प्रकाशित
  • Nabintech