ढल्यो लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री पाएनन् विश्वासको मत
  • काँचुली खबर

११ बैशाख, रुपन्देही । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत पर्यो ।

यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ भने मुख्यमन्त्रीलाई सत्ता टिकाइराख्न ४४ सांसदको आवश्यक रहेको थियो । तर, उनले बहुमतका लागि आवश्यकभन्दा कम मत पाएका हुन् । आजको मतदानमा एक सांसद भने उपस्थित भएनन् ।

यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ भने गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ । अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ ।

  • ११ बैशाख २०८०, सोमबार १३:१३ प्रकाशित
  • Nabintech