२८ चैत, नेपालगन्ज । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेपालगन्जमा हिजोदेखि सुरु भएको बन्दसत्र आज पनि जारी छ ।
हिजो सोमवार उद्घाटन समारोह पश्चात सुरु भएको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि अहिले बन्दसत्रमा प्रतिनिधिहरुमाझ छलफल भईरहेको संघका प्रवक्ता माहाराज गुरुङले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार, बन्दसत्रमा अध्यक्ष किरण पौडेलले पेश गरेको प्रतिवेदनमाथि प्रतिनिधिले छलफल गरी पास गर्ने कार्ययोजना रहेको छ । बन्दसत्रमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज सूर्य ढकाल लगायतका नेताहरु सहभागी छन ।
महाधिवेशनमा भाग लिन देशभरबाट दुई हजार बढि युवा प्रतिनिधि नेपालगञ्ज आएका छन । महाधिवेशनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने बताईएको छ । बन्दसत्र लगत्तै नेतृत्व चयन प्रक्रिया सुरु हुने बताईएको छ ।
२८ चैत्र २०७९, मंगलवार १२:३० प्रकाशित