११ चैत्र, काठमाण्डौं । नेपालको जनगणना २०७८ ले ८९ लाख ७५ हजार ५५८ जना व्यक्तिहरूले कुनै पनि आर्थिक काम नगर्ने देखाएको छ। जसमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको देखिन्छ।
त्यसपछि घरधन्दामा २१.९ प्रतिशत संलग्न छन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बृद्ध अवस्थाका ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत आर्थिक क्रियाकलापमा संलग्न छैनन्।
त्यस्तै अशक्त/बिरामी २.५ प्रतिशत, पेन्सन/आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य/स्वयंसेवा ०.३ प्रतिशत संलग्न देखिएको छ।
पेशागत वर्गीकरण अनुसार आर्थिक काममा कुल एक करोड ४९ लाख ८३ हजार ३१० छन्। जसमा ५२.६ प्रतिशत पुरुष र ४७.४ प्रतिशत महिला छन्।
पेशागत रूपमा सबैभन्दा बढी कृषि, वन र माछापालन काममा दक्ष कामदारहरू ५०.१ प्रतिशत छन्।
यसपछि क्रमशः सामान्य वा प्राथमिक पेशाका कामदारहरू २३ प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरू ५.८ प्रतिशत, शिल्पकला तथा कालिगढ र यस सम्बन्धी व्यापार गर्ने कामदारहरू ५.६ प्रतिशत, व्यवस्थापकहरू ५.१ प्रतिशत छन्।
कुनै न कुनै रूपले आर्थिक काम गरेका कुल पुरुष संख्या ७८ लाख ७६ हजार ३२२ छ।
जसमध्ये कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरू ४३.९ प्रतिशत, सामान्य वा प्राथमिक पेशाका कामदारहरू १९.४ प्रतिशत, शिल्पकला तथा कालिगढ र यस सम्बन्धी व्यापार गर्ने कामदारहरू ८.७ प्रतिशत छन्।
त्यस्तै सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरू ७.१ प्रतिशत, व्यवस्थापकहरू ६.६ प्रतिशत पुरुष छन्। ३.५९ दश वर्ष वा सोभन्दा बढी उमेरका कुनै न कुनै रुपले आर्थिक काम गरेका कुल महिला संख्या ७१ लाख ६ हजार ९८८ छ।
जसमध्ये सबैभन्दा बढी कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरू ५६.९ प्रतिशत छन्।
सामान्य वा प्राथमिक पेशाका कामदारहरू २६.९ प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरू ४.४ प्रतिशत, व्यवस्थापकहरू ३.५ प्रतिशत, पेशाविद्हरू ३.२ प्रतिशत महिला छन्।
११ चैत्र २०७९, शनिबार ०९:५२ प्रकाशित