देश यतिवेला चुनावमय बनेको छ । राजनीतिक संघर्षको ईतिहास तिर फर्केर हेर्दा छिमेकि देश चीन, भारत र नेपालले बिसौं शताब्दीको मध्य तिर (सन १९४७…..सन १९५०) झण्डै दुई-दुई वर्ष अन्तरको सेरोफेरोमा स्वतन्त्रता हासिल गरेको ईतिहास छ । झण्डै संगसंगै मुक्त भएर पनि विकास र समृद्धिका दृष्टीले चीन र भारत कहाँ छन र हामी कहाँ छौं सहजै देख्न सकिन्छ । (चिनको जनवादी क्रान्ति १ अक्टुबर १९४९ सम्पन्न, भारत १५ अगस्त सन१९४७ मा वेलायति साम्राज्यवादीबाट स्वतन्त्र भयो । साथै नेपालले निरंकुश राणा शासनको अन्तगरेर सन १९५० फेब्रुवरी १८ मा स्वतन्त्रता हसिल गर्यो ।)
२००७ सालमा राणाहरुको शासन अन्त्य भएपनि ‘ताईबाट उफ्रेको माछो भुङ्रोमा’ भने जस्तै देश सामन्ति शासनको वर्वरता बाट मुक्त हुन सकेन । २०४६ सालमा भएको संयुक्त जनआन्दोलनबाट प्राप्त भनिएको उपलब्धिले पनि आफ्नो पिडालाई सम्बोधन गर्न नसकेपछि अन्ततः जनताले विद्रोहको बाटो रोजे । परिणाम स्वरुप भिषण सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको शंस्लेषणको रुपमा सामन्ति शासनको ज्वरो उखेलियो । परिणाम स्वरुप ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२’ प्राप्त भयो । उत्कृष्ट राजनीतिक उपलब्धिको रुपमा प्राप्त भएको सोही नयाँ संविधान कार्यान्वयनको दृष्टिले यो दोश्रो स्थानीय निर्वाचन हो । जनताले प्राप्त गरेको यो राजनैतिक उपलब्धिलाई संस्थागत हुन नदिनको लागि प्रत्यक्ष अप्रत्यक्ष ज्यान छाडेर लागिरहेको पराजित वर्गको हितार्थ संसद र संविधानकै अपहरण गरेर खिल्ली उडाउने अहंकारी तत्वसँग केन्द्रीय (संघीय) रुपमा दुई-दुई पटकसम्म सडक तथा कानुनी संघर्षबाट गुज्रन परेकोले पनि पहिलो कार्यकालमा जनअपेक्षित उल्लेख्य प्रतिफल हासिल गर्न सकिएन । संघीयताको मर्म र आवश्यक्तानुरुप आर्थिक राजनीतिक अधिकारहरु निर्माण र विस्तार भएन जसको कारण स्थानीय तह समेत कतिपय मामिलामा विमुख रहन गयो । अनावश्यक कचिंगल झेल्न पर्यो । संविधान र ब्यवस्थालाई अपहरण गर्न लागिपरेको यही तत्वले अहिले सामन्तवादी पराजित तत्वसँग साँठगाँठ गरेको कुरा कुनै झुट्टा आरोप वा शंकाको विषय रहेन । यही तत्व यतिवेला यो निर्वाचनलाई प्रतिक्रान्तिको लागि बलियो माध्यम (संघर्ष) को रुपमा भजाउन लागिपरेको छ । जसअनुसार विभिन्न रुपरंग फेरेर बडो जनताको मशिहाको रुपमा ‘सुनको बालो दान गर्न बाटो कुरेर बसेको बुढो बाघ’ को जस्तो आकर्षक उपहार र दानका अर्थात राम, सिता र पशुपतिनाथ गुहारेको कुरा गरेको छ । जनताको न्युनचेतनालाई दोहन गर्ने धृष्टता स्वरुप आकर्षक कथित विकासे नारा र परिवर्तनको नेत्रित्व प्रति अति तुच्छ गाली गलौजमा ओर्लिएर हरियो घाँसमा हरीयो सर्प लुके जस्तै चुनावमा देखा परेको छ । स्थानीय अन्तर्विरोधलाई उछालेर जनतालाई दिग्भ्रमित पार्ने, परिवर्तन प्रति समर्पित भद्र भलाद्मिहरु तथा स्थानीय लिडरहरु उमेद्वारहरु लगायत कतिपय बौद्धिक तप्कामा समेत एकापसमा फुट पार्ने र भाँडेर जनमत (भोट) हासिल गर्ने दाउमा छ । यही उदण्डतालाई मध्यनजर गर्दै जनताको अमुल्य बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि (संविधान) को रक्षाको लागि परिवर्तनको पक्षधरहरु बिच केन्द्रमा गठबन्धन गर्न परेको र स्थानीयस्तरसम्म पनि विस्तार भएको विषय सबैले गम्भितापुर्वक मनन गर्न जरुरी छ ।
ठिक यही सेरोफेरोमा देशका अरु स्थानीय तह (नगरपालिका) जस्तै कोहलपुर नगरपालिका पनि चुनावमय बनेको छ । कतिपय स्थानीय तहमा केन्द्रको स्प्रिटमा गठबन्धन निर्माण हुन नसके जस्तै कोहलपुरमा पनि पाँचदलीय गठवन्धनले पुर्णता पाउन नसकेको विडम्वनापुर्ण स्थिति देखापर्यो । तथापि खुशीको कुरा दुईदल मात्र भएपनि केन्द्रको स्प्रिटको महत्वबोध गरेर ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा. (समाजवादी)ले गठवन्धनको सैद्धान्तिक र ब्यवहारिक प्रयोगको रुपमा संयुक्त प्यानल प्रस्तुत गरेका छन । आकार र रुपमा सानो वा फगत दुईदलको मात्र गठबन्धन देखिएपनि परिवर्तनको पक्षमा अहंकारी प्रतिक्रान्तिकारीहरु विरुद्धको शसक्त संघर्षको मोर्चा हो भन्ने कुरा विर्सन हुदैन । सधैँ निर्वाचनको क्रममा उमेद्वारहरुले पस्कने सबै आकर्षक आश्वासन र नाराहरु जस्तै निश्चय पनि यस प्यानलले पनि विभिन्न विकास निर्माणका नारा पश्केकै छ । प्रस्ताव गरीएका एजेण्डाहरु सबै पुरा होलान नहोलान यहाँ स्पष्ट हुने कुरा के हो भने राज्य र स्थानीय क्षेत्रको साधन र श्रोतले भ्याएसम्म यो प्यानल विजयी भएमा जनपक्षीय विकासको काममा केन्द्रित हुने कुरामा विश्वस्त हुन सकिन्छ । नेतृत्व चयन हुनासाथ कहाँ छन सेमिनार र आकर्षक भ्रमणका योजनाहरु भनेर कार्यालय छाडेर छचन्नाउने तथा जनताका दैनिक आवश्यकताको ब्यवास्ता गर्ने र हवादारी योजनामा लगानी गर्न उद्दत हुने छैनन् र दिईने छैन पनि । केन्द्रमा जस्तै पाँचदलीय गठवन्धन हुननसके पनि आशा अपेक्षा गर्न सकिन्छ केन्द्रीय गठवन्धन भित्रका राजनैतिक दलहरुको स्थानीय नेतृत्व र लिडरहरुले विषयको गम्भिरतापुर्वक मनन गरेर सत्रुतापुर्ण प्रतिस्पर्धा होईन मित्रवत प्रतिस्पर्धाको बाटो अवलम्वन गर्ने गराउने छन् नै । यतिवेला कोहलपुरमा अहंकारी विभाजनकारी तत्वको एउटा कुत्सित योजना विगतका कतिपय अन्तर्विरोधको रुपमा देखापर्न पार्न खोजिने गरेका पुर्वी, पश्चिमी कर्णाली र रापति जस्ता भेकीय एवं क्षेत्रीयताको विभिन्न बोक्रे नारा दिएर परिवर्तन पक्षधरहरु विच फुटपारेर भाँड्न खोज्ने गरेको सुनिएकोछ । निश्चय पनि स्थानीय प्रवुद्ध वर्ग, समाजसेवि बुद्धिजिवीहरुको काँधमा यो चुनावको महत्व र प्रतिक्रान्तिको सेवामा उद्धत भाँडहरुले फैलाउने भ्रमलाई चिरेर उपलब्धिको रक्षार्थ क्रान्तिकारी पंक्ति र शक्तिविचको मजबुत एकता गराउनु आजको मुख्य आवश्यक्ता हो । बौद्धिकतहको सामुन्ने विषयको मर्म बोध हुन र ब्यापक जनता (भोटर)लाई स्पष्ट पार्ने योजना निर्माण र कार्यान्वयनको लागि लागिपर्न पर्ने मुख्य दायीत्व थपिन आएको छ । आउनुहोस देशले मागेको र आवश्यकताले घच्घच्याएको समयको प्रवाहलाई मिलेर फलो गरौं ।
ओमप्रकास (सापकोटा) के.सी.
केन्द्रीय सल्लाहकार परिषद सदस्य ने.क.पा. (माओवादी केन्द्र)
२० बैशाख २०७९, मंगलवार १२:१२ प्रकाशित